गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराष्ट्रपतिद्वारा नवदुर्गाको पूजाअर्चना

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजाअर्चना

October 26, 2015२५२ पटक

भक्तपुर, कात्तिक ९ – दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति डा. रामवरण यादवले भक्तपुरको नवदुर्गा मन्दिरमो पूजाअर्चना गरेर टीका तथा प्रसाद ग्रहण गर्नुभएको छ । राष्ट्रपति डा. यादवलाई नवदुर्गा देवगणका मूल पुजारी ईन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो । दिउँसो ४ बजेर मन्दिर आईपुग्नु भएको राष्ट्रपति डा. यादव करिब सवा चारबजे  मन्दिरबाट बाहिरिनुभएका थियो । उहाँले स्थानीय बासिन्दासँग भलाकुसारी समेत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण