गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसहमतिमा आए कांग्रेसलाई राष्ट्रपति दिन सकिन्छ: एमाओवादी

सहमतिमा आए कांग्रेसलाई राष्ट्रपति दिन सकिन्छ: एमाओवादी

October 26, 2015१९० पटक

९ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीले आत्मालोचना सहमतिमा आए नेपाली कांग्रेसलाई राष्ट्रपति दिन सकिने बताएको छ ।

Mao-meetसरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले पार्टी उपाध्यक्ष विद्या भण्डारीले उम्मेदवार बनाएपनि सत्ता साझेदार एमाओवादीले अझै पनि सहमतिको पहल गर्ने निर्णय गरेको हो ।

प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकले संविधान कार्यान्वयनका लागि सकारात्मक भूमिका खेल्ने व्यक्ति आए कांग्रेसलाई राष्ट्रपति दिएर जान सकिने निष्कर्ष निकालेको छ ।

एक पदाधिकारीले भने-हामी अझै पनि सहमतिको पक्षमा छौं । कांग्रेसले विगतको कमजोरी सच्याउँदै आउँछ भने उसलाई राष्ट्रपति पद दिएर जान सकिन्छ ।’

तर, आफूहरु एमाले नेतृत्वको वर्तमान सत्ता गठवन्धन नै टुटाएर कांग्रेससँग भने नजाने उसले प्रष्ट पारेको छ ।

एमाओवादीले राष्ट्रपतिबारे टुङ्गो लागेपछि मात्र उपराष्ट्रपतिको उम्मेदवार तय गर्ने बताएको छ । उपराष्ट्रपतिका लागि एमाओवादीमा नन्दकिशोर पुन पासाङ र शशी श्रेष्ठसँगै गोपाल किराँती र उर्मिला अर्यालको नाम चर्चामा छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण