नेपालमा एमबीबीएस पढ्ने विदेशी विद्यार्थी घटे
१० कात्तिक, काठमाडौं । नेपालका बाषिर्क ६ सय भन्दा बढी विदेशी विद्यार्थीले एमबीबीएस अध्ययन गर्दै आएकोमा यो वर्ष घट्ने देखिएको छ ।
मेडिकल कलेजले विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा अनिवार्य गरेपछि भर्नादर घट्ने भएको हो । मेडिकल कलेजले यसअघि प्रवेश परीक्षाबिनै विदेशी विद्यार्थी भर्ना लिँदै आएको कारोबारमा खबर छ ।
माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनमा आएपछि विदेशी विद्यार्थीले पनि अनिवार्य प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले लिएको प्रवेश परीक्षामा चार सय ३३ विदेशी सहभागी भएको करिब एक सय मात्रै उत्तीर्ण भएका छन् ।
यिनीहरु पनि सबै भर्ना हुन्छन भन्ने ग्यारेन्टी नभएकाले अघिल्ला वर्षहरुको तुलनामा विदेशी विद्यार्थीको भर्नादर घट्ने निश्चित भएको हो ।