गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, शिक्षा, समचारसामुदायिक विद्यालयलाई १० लाख दिने स्वतः व्यवस्थापन समितिमा

सामुदायिक विद्यालयलाई १० लाख दिने स्वतः व्यवस्थापन समितिमा

October 27, 2015७१३ पटक
१० कात्तिक, काठमाडौं । सामुदायिक विद्यालयमा कम्तीमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिले स्वतः सदस्य बनाउन पाउने भएका छन् ।

शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी विद्यालयलाई १० लाख रुपैयाँ वा सो भन्दा बढी नगद सहयोग वा जिन्सी सहयोग गर्ने व्यक्तिलाई विद्यालय व्यवस्थापन समिति सदस्य बन्न पाउने व्यवस्था गर्न लागिएको गोरखापत्रमा खबर छ ।

विद्यालयलाई आर्थिक रुपमा सम्पन्न गराउन त्यस्ता व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिमा प्रवेशका लागि प्रेरित गर्न खोजिएको मन्त्रालयका पदाधिकारीहरुको भनाइ छ । त्यस्तै, विद्यार्थीलाई संरक्षकत्व प्रदान गर्ने संस्थासमेत अभिभावक बन्न सक्ने कानुनी व्यवस्था गर्न लागिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण