बिशालु च्याउ खाँदा एकै घरका दुई जनाको मृत्यु ।।
२२ साउन, कालिकोट
कालिकोट जिल्लाको बदालकोट गाबिस वडा नम्बर २ बरातु गाउँमा जंगली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षका होईजाली रोकाया र वर्ष १७ का ममता रोकाया रहेको कालिकोट जिल्ला प्रहरीले जनाएको छ । वनबाट ल्याएको च्याउ खाएको केही समयमै होईजालीको मृत्यु भएको थियो भने ममतालाई जिल्ला अस्पताल कालिकोटमा उपचार गर्दागर्दे आज बिहान मृत्यु भएको कालिकोट जिल्ला अस्पतालका स्वास्थ्य कर्मीहरुले बताएका छन । मृतक दुबैको आज बिहान आफन्तले दाहसंस्कार गरेका छन् ।