गृहपृष्ठ » अन्तर्राष्ट्रिय, पत्रपत्रीका, मुख्य समाचारनाकाबन्दीको विरोधमा धर्ना दिदैँ भारतीय चालक

नाकाबन्दीको विरोधमा धर्ना दिदैँ भारतीय चालक

October 27, 2015३०० पटक

वीरगन्ज, १० कात्तिक– नाकाबन्दीले अलपत्र परेका भारतीय सवारीका चार दर्जन बढी चालकले घर फिर्ताका लागि वातावरण बनाइदिन भन्दै सोमबारदेखि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास अगाडि धर्नामा थालेका छन् ।

दिनहँु आश्वासन मात्र पाउने गरेकाले बाध्य भएर साँझदेखि दूतावासको २ नम्बर गेट सामुन्ने त्रिपाल ओछ्याएर उनीहरू धर्नामा बसेका हुन् ।

‘नाकामा भोकै मर्नुभन्दा आफ्नै सरकारका प्रतिनिधिका अगाडि मर्ने’ भन्दै आफूहरू धर्नामा बसेको भारतको पन्जाबका ट्रक चालक दलजित सिंहले बताए । दूतावासका कर्मचारीले नाकाको अवरोध हटाउन नसकिने बताएपछि आफूहरू धर्नामा बसेको सिंहले जनाए ।

भारत फर्किने मितेरी पुलमा मधेसवादी दलका कार्यकर्ता ३३ दिनदेखि धर्नामा छन् । धर्नास्थलभन्दा करिब ३ सय मिटर दूरीमा भारतीय ट्रक रोकिएका हुन् ।

नेपालका विभिन्न सहरमा सामान अनलोड गरी भारत फर्किने क्रममा वीरगन्ज नाकामा करिब ५ सय भारतीय सवारी साधन अलपत्र छन् ।

कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण