गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारबाटो परिवर्तन गरी सामान आयात गर्ने अनुमति नेपालले नै दिएन

बाटो परिवर्तन गरी सामान आयात गर्ने अनुमति नेपालले नै दिएन

October 27, 2015२९९ पटक

काठमाण्डु, १० कात्तिक– उद्योगी व्यवसायीले भारतबाट निजी सामान आयात गर्दा रोकिएर रहेका कन्टेनरहरुका लागि ‘रि–रुट’ अर्थात बाटो परिवर्तनको सैद्धान्तिक निर्णय गर्न माग गरे पनि नेपालले अनुमति दिएको छैन ।

1445099780
लोड भएर भन्सार नाकामा रहेका सामानहरुको लागि ‘रि–रुट’को अनुमति मागेका उद्योगी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारी अधिकारीसमक्ष गरेका थिए । माग गरेको एक साता बितिसक्दा पनि सुनवाई नभएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए ।
‘प्रधानमन्त्रीले तत्कालै वाणिज्य मन्त्री गणेश पुनलाई फोन गरेर निर्देशन दिनुभएको थियो । पुनले मन्त्रालयका सहसचिवलाई निर्देशन दिनुभयो, उनले भने, ‘तर हालसम्म निर्णय भएको छैन ।’
व्यवसायीले सामान आयात गर्नुपूर्व खोलिने एलसीमा भित्रिने नाकाको नाम उल्लेख गर्नु पर्छ । उक्त विवरण वाणिज्य विभागलाई बुझाउनु पर्छ । कुनै कारणवश नाका परिवर्तन गरी अर्कोतर्फबाट आयात गर्नु परेमा विभागबाट अनुमति लिनु पर्ने व्यवस्था छ ।
–कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण