गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिभारतले लगाएको नाकाबन्दीलाई सरकारले अन्तर्राष्ट्रियकरण गर्ने

भारतले लगाएको नाकाबन्दीलाई सरकारले अन्तर्राष्ट्रियकरण गर्ने

October 27, 2015३०५ पटक

Mechinagar-Bhansar-border-of-Nepal-and-Indiaकाठमाण्डु, १० कात्तिक– सरकारले भारतसँगको पारवहन सुविधाका लागि अन्र्तराष्ट्रिय समुदायमा ‘कूटनीतिक लबिङ’ गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले आफ्ना नियोगहरूलाई इमेल पठाउँदै भारतले लगाएको अघोषित नाकाबन्दीका कारण जनजीवन प्रभावित भएकोप्रति सबै मिसन प्रमुखहरूबाट सुझाव मागेको छ ।

नाकाबन्दीले जनजीवन निकै कष्टकर भएको एक महिनापछि परराष्ट्र सचिव शंकरदास बैरागीले सामूहिक इमेल पठाउँदै त्यस्तो सुझाव मागेका हुन् । आन्तरिक सर्कुलरमा इन्धन अझै सहज नभए के गर्न सकिन्छ भन्ने राय मागिएको एक राजदूतले बताए । परराष्ट्रले यो विषयलाई यसरी सिधै भन्न नमिल्ने कूटनीतिक कारणहरू व्यक्त गर्दै आएको छ भने विज्ञहरूले अन्तर्राष्ट्रियकरणका लागि जोड दिँदै आएका छन् ।

सरकारमा गएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले समेत ‘नाकाबन्दी’ नभनी ‘पारवहन असहजता’ हटाउन प्रयास भइरहेको जनाउदैँ आएका छन् । उनले कूटनीतिक र आन्तरिक छलफललाई तीव्रता दिए पनि परिणाम आउन सकेको छैन । ‘उच्च राजनीतिक तहमा छलफल भइरहेको छ,’ परराष्ट्र प्रवक्ता ताराप्रसाद पोखरेलले भने, ‘कूटनीतिक तहमा पनि पहल भइरहेको छ ।’

असहज परिस्थिति आएको झन्डै एक महिनापछि मिसन प्रमुखहरूसँग परराष्ट्र मन्त्रालयले सुझाव मागेकोमा केही राजदूतले उत्तर दिएका छन् । जर्मनीका लागि कार्यवाहक राजदूत प्रकाशमणि पौडेलले विकल्पको रूपमा घरभित्र जम्मा हुने फोहोरबाट ग्यास निकाल्ने प्रविधि जर्मनीमा रहेको भन्दै त्यो बुझेर जानकारी गराउने र अन्य विषयमा छलफल गरेर प्रतिवेदन पठाउने उत्तर पठाएको स्रोतले जनायो ।
–कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण