गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराष्ट्रपति र उपराष्ट्रपतिका लागि आज उम्मेद्वारी दर्ता हुने

राष्ट्रपति र उपराष्ट्रपतिका लागि आज उम्मेद्वारी दर्ता हुने

October 27, 2015२१० पटक

१० कात्तिक, काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि मुलुकको राष्ट्राध्यक्ष बहुमतीय प्रक्रियाका आधारमा चयन हुने भएको छ ।

Sital-Niwasसहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरिने व्यवस्थापिका-संसद् सचिवालयको कार्यतालिका आइतबार नै अन्त्य भएपछि राष्ट्राध्यक्षको छनोट प्रक्रियामा बहुमतीय प्रक्रियामा प्रवेश गरेको हो ।

सचिवालयले बहुमतीय आधारमा ती पदका लागि सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मङ्गलबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गराउन समय तोकिएको छ ।

सो अवधिभित्र दर्ता गराइएका प्रस्तावबमोजिमको राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारको वणर्ानुक्रमानुसारको नामावली प्रकाशन हुनेछ ।

प्रकाशित नामावलीमाथि मङ्गलबार अपराहृन २ बजेसम्म दाबी विरोध गर्ने समय तोकिएको छ । उम्मेदवारी दर्ता गराएको भए पनि फिर्ता लिन चाहने उम्मेदवारलाई सचिवालयले समय समेत उपलब्ध गराएको सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

निर्वाचन कार्यक्रमानुसार कात्तिक ११ गते अपराहृन ३ बजे व्यवस्थापिका-संसद्मा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गोप्य मतदान हुनेछ । राष्ट्रपतिका लागि प्रमुख सत्तारुढ दल नेकपा एमालेले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालसम्म ती पदका लागि उम्मेदवारी दिने घोषणा गरे पनि कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा आधिकारिक निर्णय भने आइसकेको छैन ।

एकीकृत नेकपा माओवादीले उपराष्ट्रपतिमा पूर्वलडाकु प्रमुख नन्दबहादुर पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य दलका तर्फबाट भने उपराष्ट्रपतिको उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण