गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसाझा र जनक शिक्षाको बारेमा छलफल ।

साझा र जनक शिक्षाको बारेमा छलफल ।

August 7, 2015३७८ पटक

२२ साउन, काठमाण्डौ

व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभासदले सरकारी स्वामित्वमा रहेका साझा प्रकाशन र जनक शिक्षा सामग्री केन्द्रलाई समयमा विद्यालय तहका पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउन आग्रह गरेका छन् । आज बसेको समिति बैठकमा शिक्षा मन्त्रालय र सम्बद्ध निकायका पदाधिकारीको सहभागिता रहेको थियो । केही वर्षयता प्राथमिक तहका पाठ्यपुस्तकको उत्पादन र बिक्री वितरणको जिम्मा निजी क्षेत्रलाई पनि दिइएको कारण र त्यसको उपलब्धिबारे सभासद्ले चासो राखेका थिए । समितिमा यो विषयमा छलफलका लागि शिक्षामन्त्री चित्रलेखा यादवलाई पनि बोलाइएकोमा बिना जानकारी अनुपस्थित भएपछि आगामी साता मन्त्री यादवसँग स्पष्टीकरण लिई संसदीय उपसमिति बनाइ साझा र जनक शिक्षाका व्यवस्थापन र कार्य्दिशाबारे निचोड निकाली सरकारलाई निर्देशन दिन बैठकले जोड दिएको छ । समितिका सभापति रञ्जुकुकारी झाले सरकारी निकायलाई नै सवल बनाउन संसद्ले निर्देश गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले सरकारको मुख्य चासो समयमा पाठ्यपुस्तक पुगोस् भन्ने भएकाले जनक र साझाको क्षमतामा ह्रास आएको देखिएपछि निजी क्षेत्रले जिम्मेवारी पाएको जानकारी दिनुभयो । जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले निजी क्षेत्रमा बढी कमिसन हुने भएकाले आफ्नो व्यापार घाटामा गएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण