गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचारपर्वतमा यस वर्ष धान उत्पादन घट्ने

पर्वतमा यस वर्ष धान उत्पादन घट्ने

October 27, 2015२८० पटक

पर्वत, कात्तिक १० गते । यस वर्ष पर्वतमा धान उत्पादन घट्ने भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ३ देखि ५ प्रतिशतले उत्पादन घट्ने भएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष समयमै रोपाई गर्न नपाएको र प्रतिकुल मौसमका कारण अघिल्लो वर्षको तुलनामा केहि घट्ने अनुमान गरिएको छ ।dhan

धान उत्पादन हुने पकेट क्षेत्रमा ढिलोगरी भएको रोपाई र पछिल्लो समयमा जिल्लाका केहि ठाउँमा असिनाले समेत क्षति पु¥याएकाले ३ देखि ५ प्रतिशत सम्म धान उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।

कृषकले साउनको अन्तिम साता मात्र धान रोपेर सकेका थिए । पर्वतका कटुवाचौपारी, पाङ, मुडिकुवा, फलेबास लगायत करिव ३० ओटा गाविसमा धानको प्रमुख खेती हुँदै आइरहेको छ । पर्वतका किसानहरुले धानलाई आफूहरुको प्रमुख बालीका रुपमा लिनेगरेका छन् । धान खेती गर्दै आइरहेका किसानहरुले धान बाहेक मकै, कोदो, गहुँ लगायतको खेती गर्दै आइरहेको भए पनि धानलाई नै प्रमुख बालीका रुपमा लिनेगरेका छन् ।

पर्वतमा रहेको करिव २८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार हेक्टरमा धान खेती गर्न सकिने जिल्ला कृषिविकास कार्यालय पर्वतले जनाएको छ । पर्वतका अधिकांस क्षेत्रफलमा अहिले पनि आकासे पानीको भरमा धान खेती हुँदै आइरहेको छ । सिञ्चाईको पर्याप्त सम्भावना हुने हो भने पर्वतमा उत्पादित धानले जिल्लाको माग पुरा गर्ने कृषि कार्यालयको भनाई छ ।
अहिले पनि अधिकांस किसानहरुले धान रोप्न छोडेर खेतबारी बाँझै राख्नेगरेका छन् । सबै क्षेत्रफलमा खेती गर्नका लागि किसानहरुलाई व्यवसायिक सिप र तालिमको खाँचो रहेको कृषि कार्यालयको भनाई रहेको छ ।

यसैबीच पर्वतमा यतिवेला धान थन्क्याउने चटारो परेको छ । नेपालीहरुको महान पर्व वडादशै सकिएलगत्तै यतिवेला जिल्लाका अधिकांस क्षेत्रका कृषकहरु धान थन्क्याउन सक्रिय बनेका छन् । विहान झिसमिसेदेखि राती अबेरसम्मनै धान थन्क्याउन ब्यस्त बन्ने गरेको कृषकहरुले बताएका छन् । पछिल्लो समयमा युवाहरु पलायन भैरहेका कारण जनशक्तिको अभावले गर्दा समयमै धान थन्क्याउने समस्या परेको उनिहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण