गृहपृष्ठ » खेलकुद, मुख्य समाचारम्याच फिक्सिङको मुद्दा विशेष अदालतले हेर्ने

म्याच फिक्सिङको मुद्दा विशेष अदालतले हेर्ने

October 27, 2015२७५ पटक

५ जना खेलाडीलाई आज अदालत लगिदैँ

 

म्याच फिक्सिङको आरोपमा प्रहरी हिरासतमा रहेका ५ जना खेलाडीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइँदैछ ।

उनीहरुलाई आज विशेष अदालतमा म्याद थपका लागि उपस्थित गराइने काठमाडौं प्रहरी परिसरका एसपी विश्वराज पोखरेलले सेतोपाटीलाई जानकारी दिए । उनीहरुलाई राज्य विरुद्धको अपराध प्रहरीले मुद्दा दर्ता गरेको छ ।

अदालत बन्द भएपछि खेलाडीहरुमाथिको मुद्दा प्रहरीमा नै दर्ता भइसकेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दाहरु विशेष अदालतले हेर्ने र सोही अनुसार उनीहरुलाई अदालतमा लैजान लागिएको एसपी पोखरेलले बताए ।

म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटवल टिमका कप्तान सागर थापा, सन्दीप राई , अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्री अहिले थुनामा छन् ।

प्रहरीले असोज २७ गते उनीहरुलाई पक्राउ गरेपनि विदाका कारण अदालतमा उपस्थित गर्न सकेको थिएन् । उनीहरुलाई एसियाली फुटबल महासंघ र एन्फाले पनि प्रतिबन्ध लगाएको छ । अनुसन्धान नसकिएसम्मका लागि ५ जना खेलाडीलाई प्रतिबन्ध लगाएको महासंघ र एन्फाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण