गृहपृष्ठ » मुख्य समाचार, विशेष, स्वास्थ्यराउटेहरुद्वारा दसैं खर्च माग ।।

राउटेहरुद्वारा दसैं खर्च माग ।।

August 7, 2015४६८ पटक

२२ साउन, काठमाण्डौ

राउटेहरूले सभामुख सुबासचन्द्र नेम्बाङसँग दसैं खर्च माग गरेका छन् । आज नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै आफूहरूलाई संविधान भन्दा पनि दसैं खर्च आवश्यक रहेको राउटेहरुले बताएका थिए । दैलेखको दुल्लुबाट एक गैरसरकारी संस्थाको सहयोगमा सिंहदरबार आएका राउटेहरूले ९ बुँदे ज्ञापन पत्र पनि बुझाएका छन् । राउटेका अगुवा शिबबहादुर शाहीले आफूहरु जंगलमा बस्न र रूख काट्न पाउनु पर्ने, सेना र लोकसेवामा अल्पसंख्यक १० लोपोन्मुख जातिबीच प्रतिश्पर्धा गर्न पाउनु पर्ने, राज्यका निकायमा समानुपातिक समावेसी प्रतिनिधित्व हुनुपर्ने लगायतका माग समावेश गरिएको जानकरी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण