गृहपृष्ठ » मुख्य समाचार, राजनीतिउपराष्ट्रपतिको चुनाव सर्याै, १४ गते हुने

उपराष्ट्रपतिको चुनाव सर्याै, १४ गते हुने

October 27, 2015१९३ पटक

१० कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदले उपराष्ट्रपतिको चुनावी कार्यक्रम परिर्वतन गरेको छ । अब संसदले नयाँ राष्ट्रपति चयन गरेपछि मात्र उपराष्ट्रपतिको चुनावी कार्यक्रम सुरु हुनेछ ।

सभामुख ओनसरी घर्तीले दलहरुसँग गरेको छलफलका आधारमा संसद सचिवालयले उपराष्ट्रपति चुनावको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

Suchiसत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबारको बैठकमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनु पर्ने संवैधानिक व्यवस्था भएका कारण दुबै निर्वाचन एकै पटक हुन नसक्ने भन्दै नेताहरुले प्रश्न उठाएका थिए । बैठकमा उपराष्ट्रपतिको चुनाव सार्न सामझदारी भएपछि सभामुख घर्तीसँग मंगलबार विहान छलफल भएको थियो ।

यसअघि राष्ट्रपति र उपराष्ट्रपतिका लागि आज मंगलबार उम्मेदवारी र भोलि बुुधबार मतदानको कार्यक्रम तय भएको थियो । अब आज राष्ट्रपतिको उम्मेदवार र भोलि मतदान मात्र हुनेछ ।

परिर्वतन चुनावी कार्यक्रम अनुसार उपराष्ट्रपतिको उम्मेदवारी दर्ताको समय अब कात्तिक १३ गतेका लागि तोकिएको छ । विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

उपराष्ट्रपति चयनका लागि संसदमा १४ गते विहान ११ बजेदेखि २ बजेसम्म मतदान हुने भएको छ ।
शनिबार नै साँझ ५ बजे सभामुखले मत परिणाम घोषणा गर्नेछन् । सत्तारुढ दलको तर्फबाट एमाओवादीले उपराष्ट्रपति लिनेछ, र उसले नन्दकिशोर पुन पासाङलाई उम्मेदवार बनाउने सम्भावना छ ।

कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति दुबै पदमा उम्मेदवारी दिने बताएपनि उम्मेदवार तय गरिसकेको छैन ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण