गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनेपालले पाकिस्तानका भूकम्पपीडितलाई सघाउने

नेपालले पाकिस्तानका भूकम्पपीडितलाई सघाउने

October 27, 2015१९३ पटक

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई टेलिफोन गरी महाभूकम्पले पुर्‍याएका जनधनको क्षतिप्रति नेपाली जनताको तर्फबाट दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भूकम्प पीडितलाई नेपाल सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पाकिस्तानका प्रधानमन्त्री सरिफसँग व्यक्त गरेका छन् । सरिफ हाल लण्डन भ्रमणमा छन् ।

ओलीले त्यस क्रममा नेपालमा गत बैशाखमा भएको महाभूकम्पका बेला पाकिस्तानले गरेको सहयोगको स्मरणसमेत गरेका छन् ।
अफगानिस्तानको हिन्दकुश पर्वतमा सोमबार दिउँसो गएको शक्तिशाली भूकम्पमा परी पाकिस्तानमा मात्रै दुई सयभन्दा बढीको मृत्यु भएको थियो । एक हजार भन्दा बढी घाइते भएका छन् ।

प्रधानमन्त्री ओलीले भूकम्पबाट पाकिस्तान र अफगानिस्तानमा पुगेको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट दुःख व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

प्रधानमन्त्रीले विपत्तिको यस्तो घडीमा नेपाल सरकार र नेपाली जनता सदैव पाकिस्तान सरकार र पाकिस्तानी जनताको साथमा रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण