गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकांग्रेसद्वारा राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार तय

कांग्रेसद्वारा राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार तय

October 27, 2015१९३ पटक

काठमाडौं–नेपाली का्रग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार तय गरेको छ । कांग्रेसले आफैंले राष्ट्रपति र उपराष्ट्रपति पाउनुपर्ने दाबी सहित कुलबहादुर गुरुङलाई राष्ट्रपति र अमिय कुमार यादवलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने गरेको हो ।
आज बिहान बसेको पार्टीको बैठकले गुरुङ र यादवलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरिएको केन्द्रीय सदस्य गगनकुमार थापाले जानकारी दिए ।
यसअघि एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपराष्ट्रपतिमा एमाओवादीले नन्दकिशोर पुन पासाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचन भोलि बुधाबार हुँदैछ । भने उपराष्ट्रपतिको भने १४ गते हुदैछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण