गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकांग्रेस केन्द्रीय सदस्य एवम् सांसदले उठाए सनसनीपूर्ण प्रश्न : भारतको योजना र ज्योतिषीको भविष्यवाणीमा फँसे सुशील

कांग्रेस केन्द्रीय सदस्य एवम् सांसदले उठाए सनसनीपूर्ण प्रश्न : भारतको योजना र ज्योतिषीको भविष्यवाणीमा फँसे सुशील

October 27, 2015१९८ पटक

काठमाडौं – नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य एवम् सांसदले पार्टी सभापति सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिनुको कारण भारतको योजना र गेरुवस्त्रधारीहरुको भविष्यवाणि भएको खुलासा गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले मंगलबार एक दैनिक पत्रिकामा लेख लेख्दै कोइराला भारत र ज्योतिषीको प्रभावमा परेर प्रधानमन्त्रीका लागि उम्मेद्वारी दिएको खुलासा गरेका हुन् । उनले लेखेका छन्, ‘संविधान निर्माणको क्रममा शीर्ष नेताहरुले देखाएको सहमतीय संस्कारको जगमा उभिएर प्रधानमन्त्री बन्दै थिए केपी ओली । यस अवस्थामा दिल्ली दरबारले ओलीलाई नै समर्थन गर्नु भनेको आफ्नो भुमिका औचित्यहीन साबित हुनु थियो । तसर्थ दिल्ली दरबार वैकल्पि पात्रको खोजीमा थियो । अन्ततोगत्वा सुशील कोइराला नै आफ्नालागि उपयुक्त पात्र हुने निचोडमा दिल्ली पुग्यो ।

Dhanraj-gurung-2संविधान निर्माणको क्रममा दिल्ली सुझावलाई अटेर गरेका कोइरालालाई दिल्ली दरवार उचालेर पछार्न चाहन्थ्यो । कोइरालालाई नै प्रधानमन्त्री बनाउने षड्यन्त्रको जालो बुनियो ।’ गुरुङले कोइरालालाई संसदीय अंक गणितको गलत सूचना दिइएको पनि दाबी गरेका छन् । उनका अनुसार पार्टीभित्रका केही व्यक्तिले मधेशवादी दलसहित बाबुराम भट्टराई पक्षधर मानिने एमाओवादी सांसद र राप्रपा नेपालका सांसदले फ्लोर क्रस गरेर मतदान गर्ने भ्रमपूर्ण सूचना दिएका थिए । त्यस्तै प्रधानमन्त्री निवासमा हुँदा गेरुवस्त्रधारीहरुले प्रधानमन्त्री कोइरालालाई अझै एक वर्ष प्रधानमन्त्री बन्ने योग रहेको कुरा सुनाउँदै उक्साउने गरेको पनि खुलासा गरेका छन् । उनका अनुसार गेरुवावस्त्रधारीहरुले तत्कालिन प्रम कोइरालालाई ‘हजुरको उच्च ग्रहको प्रभाव अझै १२ महिना बाँकी छ, त्यसैले फेरि पनि हजुर नै प्रधानमन्त्री बन्नुहुन्छ’ भनेर सुनाउने गरेका थिए । गुरुङले गेरुवस्त्रधारीहरुलाई पनि शक्ति केन्द्रले परिचालन गरेको दाबी गरेका छन् । कोइरालालाई कसरी गुमराहमा पारिन्थ्यो भन्ने प्रसंगमा गुरुङले लेखेका छन्, ‘प्रधानमन्त्री निवासको बगैचे, ढोके, वैठके, सहयोगी हुँदै कोइरालासम्म ‘हजुर नै प्रधानमन्त्री बन्नुहुन्छ’ भन्ने कुरा सुनाइन्थ्यो ।’ दिल्लीको आफ्नो भूमिका पुनस्र्थापित गर्न प्रमुख तीन दल फुटाउन खोजेको र यसमा काग्रेसलाई फसाइएको नेता गुरुङको भनाई छ । ‘दिल्ली दरवारले ठुला दलहरुबीचको सहकार्य टुटाएर संविधान निर्माणका क्रममा ओझेल परेको दिल्ली भूमिकालाई पुनस्र्थापित गर्ने योजना बनाएको थियो ।’ उनको लेखमा छ, ‘षडयन्त्रको भूमरीमा सुशील कोइरालासँगै सिंगो काग्रेसलाई फसाइयो ।’ नेता गुरुङले आफूहरुले चाहेर पनि कोइरालालाई षड्यन्त्रको भूमिरीबाट निकाल्न नसक्नुमा कोइरालाको सदाचारिताले मृत्युवरण गर्नुलाई कारण ठानेका छन् । ‘हामीले चाहेर पनि कोइरालाई षड्यन्त्रको भूमरीबाट बाहिर निकाल्न सकेनौं । प्रधानमन्त्री चयनका लागि सभामुखले मतविभाजनको आदेश दिनुअघिसम्म षडयन्त्रकारीले कोइरालालाई पक्कापक्की प्रधानमन्त्री बनाए । मत परिणामपछि मात्र कोइराला ऐठनबाट ब्युझिए । तर ब्युझिँदा उनको सदाचारिताले मृत्युवरण गरिसकेको थियो,’ उनले लेखेका छन् । -रातोपाटी बाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण