गृहपृष्ठ » मुख्य समाचार, समचारसवारी दुर्घटनाबाट १०९ जनाको मृत्यु

सवारी दुर्घटनाबाट १०९ जनाको मृत्यु

August 7, 2015३१८ पटक

बागलुङ, २२ श्रावण

धौलागिरि अञ्चलमा तिन बर्ष यता सवारी दुर्घटना हुनेको संख्यामा बृद्धि भएको छ । धौलागिरि अञ्bus-accident-harekpalचल प्रहरी कार्यालयको तथ्याङक अनुसार सवारी दुर्घटनाको संख्या बढेको हो ।
तिन बर्ष यता धौलागिरि अञ्चलमा २ सय २१ वटा सवारी साधन दुर्घटना भएका छन् । दुर्घटनाबाट १ सय ९ जनाको मृत्यु भएको छ भने ४ सय १ जना घाईते भएका छन् । पहाडी जिल्लाहरुमा बाटोको अवस्था खराब हुदा पनि सवारी साधनहरु दुर्घटना हुने गरेका छन् । धौलागिरि अञ्चलमा सबै भन्दा बढी दुर्घटना हुनेको संख्या बागलुङ जिल्लामा रहेको छ । बागलुङमा मात्रै ९६ सवारी दुर्घटना भएका छन् । यस्तै पर्वतमा ७४, म्याग्दीमा ४१ र मुस्ताङमा १० वटा सवारी साधनहरु दुर्घटना भएको तथ्याङक सार्वजनिक भएको छ । दुर्घटना भएका सवारी साधन मध्य मृत्यु हुनेको संख्या बागलुङमा ३०, पर्वतमा ३३, म्याग्दीमा ४१ र मुस्ताङमा ५ रहेको छ । घाईतेको संख्यामा बागलुङमा २ सय ३३, पर्वतमा ४१, म्याग्दीमा ९१ र मुस्ताङमा ३६ जना रहेका छन् ।
यसरी बागलुङ, म्याग्दी र मुस्ताङमा दुर्घटना हुनेको संख्यामा बृद्धि भएको छ भने यस बर्ष पर्वतमा दुर्घटनाको संख्या घटेको छ । प्रहरी बरिष्ठ उपरिक्षक सुवासचन्द्र चौधरीले पहाडी जिल्लामा भौगोलिक विकटताका कारण पनि दुर्घटना बढी हुने गरेको बताउनुभयो । चालकको लापरवाहीका कारण र गाडीको अवस्था राम्रो नहुदा पनि दुर्घटना चालकहरु आफु स्वयंले गर्ने चौधरीले बताउनुभयो । धौलागिरि अञ्चलमा सबै भन्दा ट्याक्टर दुर्घटना बढी हुने चौधरीको भनाइ छ । पहाडी जिल्लामा भएका अधिकांश दुर्घटना सिकारुले चलाउदा पनि हुने गरेको छ । सवारी धनीले योग्य चालक नराखेर सिकारु र सहचालकलाई गाडी चलाउन दिदा पनि दुर्घटना बढेका हुन् । सवारी दुर्घटनामा चालक मुख्य जिम्मेवार हुने भए पनि सिकारु र सहचालकले चलाएर हुने दुर्घटनाले पिडित पक्ष मर्कामा परेका छन् । सहचालकले चलाउने र मालबाहक गाडीले मान्छे ओसार्ने भएकाले दुर्घटनाका पिडितले क्षतिपुर्ति तथा राहत पाउन समस्या हुने गरेको छ ।
यात्रुबाहक सवारीमा प्रहरीले निगरानी गरे पनि मालबाहक सवारीमाथी निगरानी नगर्दा सहचालकले चलाउने र दुर्घटना हुदा पिडितले राहत नपाउने अवस्था आएको छ । दुर्घटनामा सवारी धनी इमान्दार भएर क्षतिपुति दिए मात्र पिडितले पाउने एवं कानुनी उपचार खोज्दा नपाउने अवस्था छ । जिल्लामा पहुच हुनेले चालक समेत नराखी गाडी चलाए पनि मिलेमतोमा कारबाही हुदैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण