गृहपृष्ठ » मुख्य समाचार, राजनीतिजनतालाई विश्वासमा लिन चुनौति : गृहमन्त्री बस्नेत

जनतालाई विश्वासमा लिन चुनौति : गृहमन्त्री बस्नेत

October 27, 2015१४५ पटक

Shakti-Basnet

१० कात्तिक, काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनतालाई विश्वासमा लिएर काम गर्नु अहिलेको मुख्य चुनौति भएको बताएका छन् । उनले जनताप्रति उत्तरदायी कार्यशैली अपनाउन कर्मचारीहरुलाई समेत निर्देशन दिएका छन् ।

गृहमन्त्रालय मातहतका विभिन्न महाशाखा तथा शाखाका कर्मचारीहरुको बिफ्रीङ लिने क्रममा मन्त्री बस्नेतले कर्मचारीको काम गर्ने र सोच्ने पुरानो तरिकामा परिर्वतन ल्याउन आवश्यक भएको बताए ।

जनताले असहज परिस्थतिको सामना गरिरहेको भन्दै मन्त्री बस्नेतले जनतालाई सुरक्षाको पूर्ण प्रत्याभूति हुने वातावरण बनाउन र ब्यवहारमा परिवर्तन ल्याउन निर्देशन दिए ।

‘मुलुकले असहज स्थितिको सामना गरिरहेको छ, इन्धन, ग्यास लगायतका अत्यावश्यक बस्तु पुर्‍याउन पनि सकिएको छैन यस्तो अवस्थामा जनतालाई विश्वासमा लिएर काम गर्नु अहिलेको चुनौति हो,’ मन्त्री बस्नेतले भने ।

उनले कुनै पनि काम गर्नुभन्दा अघि सबैसँग संवाद र छलफल गरेर मात्र अघि बढ्ने तर, आफ्नो योजना कार्यान्वयनमा भने कसैसँग सम्झौता नगर्ने पनि स्पष्ट पारे ।

तस्वीर सौजन्य : गृहमन्त्रीको सचिवालय

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण