गृहपृष्ठ » मुख्य समाचार, समचारविराटनगरमा तनाव,११ राउन्ड हवाई फायर

विराटनगरमा तनाव,११ राउन्ड हवाई फायर

October 27, 2015१४१ पटक

विराटनगर– जोगवनी नाकादेखि तीन किलोमिटर उत्तर क्षेत्रमा धर्नास्थल सार्दै प्रदर्शनमा उत्रिएका संयुक्त मधेसी मोर्चा र प्रहरीबीच सोमवबर रातिदेखि सुरू भएको झड्प मंगलबार पनि जारी छ।

विराटनगर–१८ स्थित मलाया रोडमा प्रहरी र मोर्चाका कार्यकर्ताबीच मंगलबार विहान पनि झडप भएको छ। विराटनगर–जोगबनी सडक खण्डस्थित मलाया रोडमा बिहानैदेखि सडक अवरोध गरी बसेका मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएको पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

मोर्चा कार्यकर्ताले मलाया रोडका बिभिन्न स्थानमा बिजुलीको पोल ढालेर तथा शिशाका टुक्राहरू बिच्छाएर सडक अवरोध गरेपछि अवरोध खुलाउन गएका प्रहरी र मोर्चाका कार्यकर्ताबीच झड्प भएको हो। भिड तितरबितर गर्नेक्रममा प्रहरीले दुई सेल अश्रु ग्याँस र ११ राउण्ड हवाई फायर गरेको छ।

विराटनगर–१८ स्थित पुरानो आँखा अस्पताल अगाडि को ४ प ५६८९ नम्बरको मोटरसाइकल मोर्चा कार्यकर्ताले तोडफोड गरेका छन्। विराटनगरबाट जोगबनीतर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई मोर्चाका कार्यकर्ताहरुले रोकेर अगाडिको भाइजर, साइडलाईट र हेडलाईट फुटाइदिएको प्रहरीले जनाएको छ।

-नागरीक न्युजबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण