पाकिस्तानमा भूकम्पको क्षतिप्रति परराष्ट्रमन्त्री थापाको सहानुभूति
काठमाडाैं-उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सोमबारको भूकम्पबाट मानवीय र भाैतिक क्षति पुगेको छिमेकी मुलुक पाकिस्तानप्रति सहानुभुति जनाएका छन्। पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सर्ताज अजिनलाइ टेलिफोन गरेर मन्त्री थापाले नेपालको तर्फबाट समवेदना व्यक्त गरेको अफ्नो ट्विटरमा उल्लेख गरेका छन्।