गृहपृष्ठ » मुख्य समाचार, समचारजेपी गुप्ता समूहद्वारा रौतहटमा जंजीर जुलुस प्रदर्शन

जेपी गुप्ता समूहद्वारा रौतहटमा जंजीर जुलुस प्रदर्शन

October 27, 2015१३६ पटक

१० कात्तिक, रौतहट । जयप्रकाश प्रसाद गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानले रौतहट सदरमुकाम गौरमा मंगलबार जंजीर जुलुस प्रदर्शन गरेको छ । तीन दलले मधेसलाई दासको जस्तो व्यवहार देखाएको भन्दै तराई मधेस राष्ट्रिय अभियानका युवाहरुले गौरको मधेसी क्रान्ति चोकबाट दासता विरुद्ध जंजीर जुलुस प्रदर्शन गरेका हुन् ।

७३ दिनभन्दा लामो अवधिसम्म मधेस बन्द हुँदा पनि सरकारले कुनै वास्ता नगरेको र मागमा गम्भीर नभएको भन्दै युवाहरुले हात तथा शरीरमा फलामको सिक्रीले बाँधेर जुलुस निकाले । फलामे सिक्रीमा बाँधिएर आफूहरुले मधेस बन्धक भएको संकेत गरेको तमराका केन्द्रीय सदस्य ललीत मल्लीकले बताए ।

तमराले निकालेको सो जंजीर जुलुसमा संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका नेता कार्यकर्ताको समेत उपस्थीति थियो ।

राजमार्ग अबरुद्ध

यसैगरी रौतहटको अन्तरपार्टी महिला सञ्जालले पनि सदरमुकाम गौरमा मंगलबार विरोध प्रदर्शन गरेको छ । महिलाहरुको सहभागीतामा निकालिएको र्‍यालीले नगर परिक्रमा गरेको थियो । जिल्लाका विभिन्न स्थानमा मोर्चालेसडक पनि अवरुद्ध पारेको छ । ठाउँ-ठाउँमा टायर बालेर प्रदर्शन समेत भएको छ ।

मोर्चाका नेता-कार्यकर्ताहरुले गौर-चन्द्रनिगाहरपुर ४२ किलोमिटर सडक खण्डको सबगढा, सखुअवा, शिवनगर, गरुडा, विर्तालगायत विभिन्न स्थानमा सडकमै पाल राखेर बाटो बन्द गरेपछि राजमार्ग सुनसान भएको छ । मोटरसाइकल सञ्चालनमा समेत रोक लगाएपछि काम विशेषले हिँडेकाहरुको विचल्ली भएको छ भने विदेश जाने युवाहरु समेत यातायातको साधन अभाव भएपछि मारमा परेका छन् ।

लामो समयदेखि इन्धन अभाव खेपिरहेको रौतहटको जनजीबन निकै कष्टकर भएको छ । औषधि तथा एम्बुलेन्समा समेत ईन्धन अभाव भएपछि बिरामीको जीवन नै संकटमा परेको छ । सदरमुकाम गौरका सबै सरकारी कार्यालय, वित्तीय संस्था तथा शैक्षिक संस्थाहरु दुई महिनाभन्दा लामो समयदेखि बन्द छन् ।अनलाईन खबरबाट ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण