गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारयात्रुलाई सचेत गराउँदै ट्राफिक

यात्रुलाई सचेत गराउँदै ट्राफिक

October 28, 2015२४६ पटक

Trafic Police
११ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको अभावसँगै क्षमताभन्दा बढी यात्रुलाई यात्रा गराइरहेका सार्वजनिक सवारी साधनका चालकलाई सम्भावित दुर्घटनाप्रति सचेत गराउन महानगरीय ट्राफिक प्रहरीले आफ्नो क्रियाशीलता बढाएको छ।

दसैँ र तिहारलाई लक्ष्य गरी काठमाडौँ उपत्यकाका १२ ठाउँमा सहायता कक्ष स्थापना गरेको ट्राफिक प्रहरीले विगतमा कोचाकोच गरी यात्रु राख्ने सवारी साधनलाई कारबाही गर्ने गरेकामा यस पटक पेट्रोलियम पदार्थको अभावसँगै देखिएको बाध्यात्मक अवस्थाका कारण कारबाहीभन्दा पनि सचेत गराउन थालेको अन्नपूर्ण पोस्टमा खबर छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पोषराज पोखरेलका अनुसार उपत्यकामा सवारी साधन भित्रिने मुख्य नाका कोटेश्वर, नागढुङ्गा, जगातीलगायत स्थानमा सवारी साधन रोकरै चालकलाई संयमित भई सवारी साधन चलाउन आग्रह गरिएको छ। हालसम्म चार हजारभन्दा बढी सवारी चालकलाई सम्झाइसकिएको छ।

अघिल्लो वर्ष दसैँतिहारलाई लक्ष्य गरी उपत्यकाका १० ठाउँमा मात्र नागरिक सहायता कक्ष स्थापना गरिएकामा यस वर्ष अन्य दुई ठाउँमा सहायता कक्ष थपिएको छ।यस वर्ष कलङ्की, बल्खु, नयाँ र पुरानो बसपार्क, कोटेश्वर, गौशाला, स्वयम्भू, सुनधारा, जोरपाटी, सातदोबाटो, नागढुङ्गा र एयरपोर्टमा नागरिक सहायता कक्ष राखिएको।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण