गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिकांग्रेस परिवारकी एक्ली कम्युनिष्ट विद्या

कांग्रेस परिवारकी एक्ली कम्युनिष्ट विद्या

October 28, 2015२२९ पटक

११ कात्तिक, काठमाडौं । पञ्चायतकालमा गुराँसे र बहुदल आएपछि आम्बोटे भनिने गाउँमा जन्मिएकी हुन विद्या भण्डारी ।

यो भोजपुरको दक्षिणी मानेभञ्ज्याङ गाविस २ मा पर्छ । आफ्नै बाजेले गाउँमा खोलेको विद्यालयमा पढेकी विद्याले सात कक्षा पढ्न सुरु गरेसँगै राजनीति सुरु गरेकी थिइन् । उनको घरमा राजनीतिक वातावरण थियो । उनका बाजे गाउँका प्रधानपञ्च थिए ।

बडाबाउ कृष्णमोहन पाण्डे बैकुण्ठे गाविसको प्रधानपञ्च थिए । चार काकामध्ये खगेन्द्र पाण्डे मानेभञ्ज्याङ गाविसका प्रधानपञ्च, योगेन्द्र पाण्डे जिविस सदस्य, जगिन्द्र पाण्डे तत्कालीन कांग्रेस नेता कृष्णप्रसाद भट्टराईका पीए र राजेन्द्र पाण्डे नेविसंघको जिल्ला अध्यक्ष भएका थिए ।

घरमा राजनीतिक माहोल रहे पनि खगेन्द्रबाहेक सबै काका बडाबाउ काग्रेसी राजनीतिमा थिए । काका खगेन्द्र र उनले मात्र वामपन्थी राजनीति गरेका थिए । उनका बाबु कुलुङ गाविसस्थित वीरेन्द्र हाई स्कुलका प्रधानाध्यापक रहेको नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण