गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति‘सिद्धान्त र निष्ठाका लागि लडेका हौं’

‘सिद्धान्त र निष्ठाका लागि लडेका हौं’

October 28, 2015२३७ पटक

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द ढुंगानाले आफूहरुले गल्ती नगरेको र गर्दा पनि नगर्ने बताएका छन् । नयाँ पत्रिकासँगको कुराकानीमा ढुंगानाले आफूहरुले सिद्धान्त र निष्ठाका लागि राष्ट्रपतिमा उम्मेद्वारी दर्ता गराएको बताएका छन् ।

Congress-Flagढुंगानाले भने -‘गल्ती स्वीकार गर भन्ने दलले पहिले आफ्नो अनुसार ऐनामा हेर्नुपर्छ अनि अरुलाई भन्नुपर्छ । प्रजातन्त्रमा विश्वास गर्ने हामीले आफ्नौ धर्म निभाएका हौ । प्रतिपक्षमा बसेपछि यति गर्नै पर्छ ।’

यता कांग्रेसकै अर्का नेता मीन विश्वकर्माले तयारी नपुगेको बताएका छन् । उनले भने -‘प्रधानमन्त्रीमा जस्तै राष्ट्रपति उम्मेद्वारीका लागि पनि हाम्रो तयारी पुगेन, सुशील कोइराला सभापति भएदेखि नै पार्टीमा काम गर्ने सुस्त प्रक्रिया छ । केन्द्रीय समिति, संसदीय दल, पुननिर्माण प्राधिकरण गठन, प्रधानमन्त्री हुँदै राष्ट्रको चुनावमा पनि यही देखियो ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण