गृहपृष्ठ » मुख्य समाचार, समचारचीनबाट इन्धन ल्याउन बेइजिङमा सम्झौता

चीनबाट इन्धन ल्याउन बेइजिङमा सम्झौता

October 28, 2015१४२ पटक

China-petrol

११ कात्तिक, काठमाडौं । भारतको नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको बेला चीनबाट इन्धन ल्याउने व्यवसायिक सम्झौता भएको छ ।

नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो–चाइना) बीच बुधबार सम्झौता भएको हो । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बेइजिङमा भएको सम्झौतामा ‘चीनबाट नेपालमा पेट्रोल, डिजल र अन्य पेट्रोलियम पद्धार्थ आयात गर्ने’ उल्लेख रहेको स्रोतले जनाएको छ ।

सम्झौतामा हस्ताक्षर गर्नुअघि नेपाली राजदूत महेश मास्के नेतृत्वको नेपाली टोलीले मंगलबार विदेशमन्त्रीसँग र बुधबार बिहान वाणिज्य मन्त्रीसँग छलफल गरेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण