गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, देवदह विशेष, मुख्य समाचारकोरियाकै जस्तो गरेर इजरायलमा पनि नेपाली कामदार जान पाउने

कोरियाकै जस्तो गरेर इजरायलमा पनि नेपाली कामदार जान पाउने

August 7, 2015७१२ पटक

काठमाडौं, साउन २२ – दक्षिण कोरियामा जस्तै दुवै देशबीच सरकारी सम्झौता अर्थात जिटुजीमार्फत नेपाली कामदार इजरायल जान पाउने भएका छन । नेपालका लागि इजरायली राजदृूत यारोन मेयर र वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार लिखित र मौखिक परीक्षामा उत्तीर्ण हुने र स्वास्थ्य परीक्षणमा सफल हुनेहरु इजरायल जान पाउने छन । पाइलट प्रोजेक्टका रुपमा सुरुमा ६० जना कामदार इजरायल पठाइने महानिर्देशक सुवेदीले बताउनुभयो । प्रोजेक्ट अन्र्तगत नै थप २ सय ४० जनालाई पनि पछि केयर गिभरका रुपमा काम गर्न इजरायल लगिने छ ।

‘कामदारको मापदण्ड तयार पार्न इजरायलबाट चाँडै एउटा टोली आउँछ ।’ उहाँले भन्नुभयो ‘दसैं अगाडी ६० जना महिला केयर गिभर इजरायल जान सक्ने सम्भावना छ ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण