गृहपृष्ठ » मुख्य समाचार, राजनीतिचित्रबहादुर केसीको नेतृत्वमा राष्ट्रिय जनमोर्चा सरकारमा जाने

चित्रबहादुर केसीको नेतृत्वमा राष्ट्रिय जनमोर्चा सरकारमा जाने

October 28, 2015१३६ पटक

काठमाडौं, कात्तिक ११ – राष्ट्रिय जनमोर्चा पहिलो पल्ट सरकारका सहभागी हुने भएको छ । बुटवलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टी अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

अध्यक्ष केसीले बुधबार निकालेको विज्ञप्तिमा सरकारमा जानुको अर्थ पार्टी बुर्जुवा सरकारमा रणनैतिक रुपले सामेल भएको वा हाम्रो मूलभुत नीतिमा परिवर्तन आएको अर्थमा नबुझ्न अनुरोध गरिएको छ । 

भारतले गरेको राजनीतिक हस्तक्षेपका वाबजूद पनि जसरी प्रमुख राजनीतिक दलहरु भारतीय हस्तक्षेपका विरुद्ध अडान लिएर संविधान जारी गर्न सफल भएको भन्दै विज्ञप्तिमा दलहरुको एकतालाई अझै मजबुत बनाउँदै भारतका अगाडि जतिसुकै अप्ठारो स्थितिमा पनि घुँडा नटेक्न सबै राजनीतिक दलहरुको एकता आवश्यक रहेको उल्लेख छ । 

अहिलेको खास परिस्थितिमा राष्ट्रको हितमा आवश्यकतानुसार सरकारमा गएर पनि हाम्रा नीतिमा कुनै परिवर्तन नभएको र पार्टीको नीति अनुसार लोकतान्त्रिक संविधानलाई कार्यान्वयन गराउन वा देश र जनताका हितमा अधिकतम प्रयत्न गर्ने संघर्ष जारी रहने पनि अध्यक्ष केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

भारतले कुनै बेला एउटा र कुनै बेला अर्को पार्टीलाई हातमा लिएर नेपालमाथि प्रभुत्व कायम गर्न दीर्घकालीन योजनाअनुसार काम गरिरहेको भन्दै राष्ट्रिय जनमोर्चाले संविधान निर्माणमा एकजुट भएका दलहरुलाई भारतले आफ्नो स्वार्थ पूरा नभएपछि दलहरुको एकतालाई टुक्राएको बताएको छ ।

भारतकै निर्देशनमा प्रधानमन्त्रीको निर्वाचनमा सुशिल कोइरालाको उमेदवारी दिउको आरोप लगाउँदै राष्ट्रिय जनमोर्चाले संविधान सभा परित्याग गरेका मधेशवादी सांसदहरुले कोइरालालाई मतदान गर्नु त्यसैको परिणाम हो भनेको छ ।

पार्टी बीच फूट ल्याएर तराईलाई अलग गराउने र क्रमशः नेपाललाई सिक्किम जस्तै भारतीय संघमा गाभ्ने भारतको योजना रहेको भन्दै विज्ञप्तिमा त्यसलाई विफल तुल्याउन देशभक्त शक्तिहरु एकजुट हुनु आवश्यक रहेकोमा जोड दिईएको छ । 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण