गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराष्ट्रपतिको मत परिणाम घोषणामा सभामुख झुक्किएपछि………

राष्ट्रपतिको मत परिणाम घोषणामा सभामुख झुक्किएपछि………

October 28, 2015१३५ पटक

११ कात्तिक, काठमाडौं । नेपालको दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित गरेको घोषणा गर्दा सभामुख ओनसरी घर्तीमगरको जिभ्रो लटपटियो ।
भण्डारीले प्राप्त गरेको मत संख्या तीन सय २७ हुनुपर्नेमा घर्तीले हड्वडाएर दुई सय २७ भन्नपुगेकी थिइन् । राष्ट्रपतिमा जितका लागि दुई सय ९९ सय मत आवश्यक पर्छ ।

नेपालको पहिलो महिला सभामुखका रुपमा निर्वाचित घर्तीले पहिलो महिला राष्ट्रपतिका रुपमा भण्डारीको नाम घोषणा गर्ने संयोग मिलेको थियो ।

सभामुखको हैसियतमा चलाएको दोस्रो वैठकमा उनले राष्ट्रपतिको घोषणा गर्ने अवसर पाइन् । मत परिणाम वाचन गर्ने क्रममा घर्तीले सुरुमा कुलबहादुर गुरुङको मतसंख्या सहि भनिन् ।

दोस्रोमा भण्डारीको मतसंख्यामा भने चिप्लिइन् । भण्डारीको जित पहिल्यै सुनिश्चित रहेेको अवस्थामा ताली पिट्न ठिक्क परेका सभासदहरु सभामुखले ‘एमालेकी उम्मेदवार विद्यादेवी भण्डारीले दुई सय २७ मत ल्याउनुभएको छ’ भनेपछि अल्लमल्ल परे । भण्डारी स्वयम् आफ्नो मतसंख्या सुनेर क्षणिकरुपमा ‘नर्भस’ देखिइन् ।

तत्कालै संसद सचिवालयका महासचिवले दुई सय होइन तीन सय भनेर सभामुखलाई सम्झाएपछि उनले ए भन्दै सच्याएर सहि संख्या वाचन गरिन् । तर अघिल्लोपटक गरेको गल्तिमा क्षमायाचना गरिनन् ।

सभामुख घर्तीले दोस्रो प्रयासमा सहि मतसंख्या भन्दै विजेता घोषणा गरेपछि संसदभित्र हाँसो र हुटिङ एकसाथ गुञ्जियो । विद्याको अनुहारमा पनि खुशी छायो । छेउमा रहेका एमाले उपाध्यक्ष बामदेव गौतम निकैबेरसम्म हाँसिरहेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण