गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराष्ट्रपतिमा निर्वाचित भएपछि विद्या भण्डारीको पहिलो प्रतिक्रिया

राष्ट्रपतिमा निर्वाचित भएपछि विद्या भण्डारीको पहिलो प्रतिक्रिया

October 28, 2015१४८ पटक

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयन गर्ने चुनौती नेपाली राजनीतिमा आइपुगेको बताएकी छिन । संविधान कार्यान्वयनमा सवै केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन ।

नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएपछि पहिलो पटक प्रतिक्रिया दिँदै भण्डारीले भनिन ‘संविधानको मर्म अनुसार अगाडि बढ्नुपर्नेछ । भखैरै प्रधानमन्त्री, सभामुख, उपसभामुख र राष्ट्रपतिको निर्वाचन भएको छ । त्यसमा सभामुख र राष्ट्रपति महिला निर्वाचित हुनु महिला र समग्र राष्ट्रका लागि खुशीको कुरा हो ।’

उनले सवै नेपालीको जीत भएको रुपमा आफूले लिएको समेत बताइन । देशको सार्वभौम सत्ता, भौगोलिक अखडता रक्षाको निम्ति संविधान रहने विश्वास पनि उनले व्यक्त गरिन । अन्त्यमा उनले ‘सवैलाई धन्यवाद’ भनिन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण