गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनवनिर्वाचित राष्ट्रपतिको सपथ भोलीे हुने ।।

नवनिर्वाचित राष्ट्रपतिको सपथ भोलीे हुने ।।

October 28, 2015१४१ पटक


नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको सपथ भोली दिउँसो तीन बजे हुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा एक भव्य समारोहको आयोजना गरि नवनिर्वाचित राष्ट्रपतिलाई संविधान अनुसार प्रधानन्यायाधिस कल्याण श्रेष्ठले सपथ दिलाउनु हुनेछ । सपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपति डा. रामवरण यादवले नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई पदभार हस्तान्तरण गर्ने कार्यक्रम छ । यसैबिच मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादवलाई राज्यका तर्फबाट अतिविशिष्ट व्यक्तित्वका रुपमा आवाससहितको सुविधा उपलब्ध गराइने भएको छ । उहाँको आवासकालागि ललितपुरको भैंसेपाटीमा सुविधासम्पन्न घर बन्दोबस्त गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण