गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारबंगलादेशमा ब्लगरको हत्या

बंगलादेशमा ब्लगरको हत्या

August 7, 2015३६८ पटक

साउन २२ – बंगलादेशमा एक ब्लगरको हत्या भएको छ । राजधानी ढाकामा शुक्रबार दिउँसो ब्लगर निलोइ निलको हत्या भएको हो । ब्लगर निलको शव ढाकाको उनै निवासमा स्थानीय समय अनुसार दिउँसो एक बजे फेला परेको प्रहरीले जनाएको छ ।

ब्लगर निललाई उनकै घरमा आक्रमणकारीले धारिलो हतियारले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । ६ जना आक्रमणकारी घर भाडामा लिने भन्दै निलको घरमा प्रवेश गरेको र त्यसपछि धारिलो हतियारले हानेर निलको हत्या गरेको जनाइएको छ । ब्लगर निलले सामाजिक सञ्जाल फेसबुक र ब्लगमा धर्मनिरपेक्षताको पक्षमा लेख्दै आएका थिए । निलले आफ्ना लेखहरुमा इस्लामिक परम्परामा प्रश्न उठाउने गरेका थिए । गएको केही महिना भित्र मात्रै बंगलादेशमा चार जना ब्लगरको हत्या भएको छ ।

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण