गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, सूचना प्रविधीअफलाईनमा गुगल म्याप कसरी प्रयोग गर्ने ?

अफलाईनमा गुगल म्याप कसरी प्रयोग गर्ने ?

August 7, 2015६४२ पटक

साउन २२ – गुगल म्यापले नयाँ ठाउँमा जान निकै सजिलो बनाएको छ । नयाँ ठाउँमा जानका लागि अरुसँग बाटो सोध्नु पर्ने बाध्यता हटेको छ । गुगल म्यापले पैदल हिँड्नेदेखि गाडीमा यात्रा गर्ने सबैलाई नयाँ ठाउँको यात्रा गर्न सजिलो बनाइ दिएको छ । यसका लागि मोबाइल वा ल्याप्टपमा इन्टरनेट सुविधि हुनु पर्ने बाध्यता थियो । तर अब यो बाध्यता हटेको छ ।

गुगल म्यापलाई मोबाइलमा अफलाइन मोड अर्थात इन्टरनेट सुविधा नभएका बेला पनि प्रयोग गर्न सकिने भएको छ । यसका लागि स्मार्ट फोनको प्लेस्टोरमा गएर गुगल म्यापको सबैभन्दा नयाँ संस्करण छ कि छैन हेर्नुहोस् । प्लेस्टोरमा तपाईसँग भएको भन्दा नयाँ संस्करणको गुगल म्याप छ भने त्यो डाउनलोड गर्नुहोस् । किनकी अफलाईनमा प्रयोग गर्न सकिने सुविधा गुगल म्यापको नयाँ संस्करणमा मात्रै छ ।

गुगल म्याप्सको नयाँ संस्करण डाउनलोड गरिसकेपछि त्यसलाई आफ्नो मोबाइलको एन्ड्रोइड डिभाइसमा खोलेर अफलाइन भएको बेलामा पनि चलाउन चाहेको क्षेत्र छनौट गर्नु पर्छ । गुगलले तपाईंले छनौट गरेको क्षेत्रको नाम सबैभन्दा तल देखाउँछ ।

तपाईंले त्यसलाई छनौट गर्नु पर्छ । त्यसपछि मोबाइलको स्क्रिनको दाहिने तर्फको माथिल्लो भागको तीन विन्दु भएको आइकनमा गएर आफूले छनौट गरेको क्षेत्रको नाम सेभ गर्नका लागि सेभ अफलाइन म्याप भन्ने अप्सन सेलेक्ट गर्नुपर्छ । त्यसपछि पेनिङ एण्ड जुमिङ मार्फत म्यापको मिलाउन आग्रह गरिन्छ । तपाईंको मोबाइलको स्क्रिनको साइज अनुसारको म्यापको साइज लेखिएको हुन्छ त्यसैमा ध्यान दिएर त्यही अनुसार सेभ गर्नु पर्छ ।

यसरी सेभ गरिएको क्षेत्रको म्यापलाई प्रयोग गर्नका लागि मेन्युमा गएर सेलेक्ट त्यसपछि माइ प्लेसेस अप्सन चुन्नु पर्छ । यती गरिसकेपछि तपाईंको मोबाइलको स्क्रिनको तल्लो भागमा अफलाइन म्याप स्टोर गरेको देखिने छ । एक पटक यसरी सेभ गरिएको अफलाईन म्याप ३० दिनसम्म प्रयोग गर्न सकिन्छ ।

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण