गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारकामबाट फर्किदै गर्दा बाटोमै लुटिए एक नेपाली ।।

कामबाट फर्किदै गर्दा बाटोमै लुटिए एक नेपाली ।।

October 28, 2015३५३ पटक

सुसान आचार्य मलेसिया /उज्यालो लाल्टिन
कार्तिक ११
रोजगारीको सिलसिलामा झण्डै आठ बर्ष अधि मलेसियाको जोहोर राज्यमा अबस्थित (Mascat engineering &coustruction sdn.bhd) दजम कम्पनीमा काम गर्ने सोलुखुम्बु का तीस बर्सिय कपिन्द्र राई स्थानिय लुटेराहरुबाट लुटिएका  छन ।

12178060_542937672536958_2053783550_n
कम्पनीबाट आफ्नो काम सकेर कोठा तर्फ आउदै गर्दा साझको सात बजे तिर बिच बाटोमै लुटिएको र शरिरमा चोट लागेको उहाँ का सहयात्री साथी सरोज एसि जानकारी दिए ।
झन्डै पन्ध्र मिनेट जति घम्साघम्सी झगडा भय पश्चात् उनी लुटिएको एसिले बताए ।
उनको शरीरमा जता जतै निल डाम तथा चोटपटक लागेको छ ।
परिबारको आर्थिक् अबस्थालाई ध्यानमा राख्दै, साथीहरू समेतको पैसा घरमा पठाउन भनी लिएको केहि ATM सहित नगद दस हजार र एउटा ब्रास्लेट लुटिएको उनले बताए । आउदै गरेको हिन्दुहरुको पर्व दिपावलिमा सार्स्कृतिक कार्यक्रम गर्न भनी सङ्कलन गरिएको रकम लुटिए पछि कपिन्द्र निकै मर्माहित भएका छन ।
अर्धब्यहोस अबस्थामा फेला परेका राइको अहिले उपचार पश्चात् कपिन्द्रको स्जवास्थ्य अबस्था सामान्य रहेको छ ।
पछिल्लो समय मलेसियामा दैनिक जसो हत्या ,लुटपाट ,बलात्कार जस्ता घटना दिन प्रतिदिन बढदै जादा समेत सम्बन्धित निकाय मौन बसेको भन्ने अधिकांश नेपाली को गुनासो रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण