गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, स्वास्थ्यघर परिवारको गर्ज टार्दै घती

घर परिवारको गर्ज टार्दै घती

August 7, 2015४८० पटक

“हामीलाई पुख्र्यौली पेशाले हैरान बनाईराखकेको अवस्थामा हामीले पनि यस्तो प्रकारको व्यवसाय संचालन गरि आय आजर्न गरे कुनैपनि व्यक्ति विदेशीनुपर्ने अवस्था आउने थिएन होला खै हाम्रो त दिमाग नै छैन ।ghartiरोल्पा जिल्ला इरिबाङ गाविस वडा नं. ८ डाँडागाउँ बस्ने ४७ बर्षिय श्रीमती ओमकुमारी घर्ती एक निम्न वर्गिय किसान हुन । उनेको पहिलेको अवस्थाको कुरा गर्दा आफ्नो जग्गा जमिनबाट उत्पादित खाद्यान्नले उनलाई ३ महिना धान्न हम्मे हम्मे पथ्र्याे । भने परिवारमा ४ छो।राछारी आफू र श्रीमान लगायत ७ जनाको परिवार संख्या रहेको श्रीमानले मजदुरी गरेर मजदुरीको भरमा गुजरा चलाउन निकै गह्रो परिरहेको अवस्था थियो ।
विगतमा आर्थिक अवस्थाले गर्दा परवारलाई ज्यादै अपठ्यारो परिरहेको अवस्था थियो भने परिवारमा राम्रो लगाउन र मिठो खान पनि कठिन थियो । उनीको परिवारले कहिले अरुको काम कहिले आफ्नो काम गरेर जिविका निर्वाह गरिरहेको अवस्था थियो ।
तर हाल आएर ज्याला मजदुरीको भरमा आश्रीत ओमकुमारी घर्तीको परिवारसंगको साझेदारीमा २८ हजार ऋण लगेर बाख्रापालन व्यवसाय संचालन गरेर १० वटा बाख्रा पालेर समुहको ऋण चुक्ता गरेर श्रीमान र आफू दुवैले मिलेर बाख्रापालन व्यवसाय गरी घर खर्च र छोराछोरीलाई समेत पढाई खर्च चलाई राखेको अवस्था छ ।
यसरी उनको परीवर्तनको कारण गरीवी निवारण कोष कार्यक्रममा घुम्तीकोष आयआर्जन क्रियाकलापमा सहभागी भै सा.स.को ऋण लगेर बाख्रा पालन व्यवसायले हालको अवस्थामा आएको हो । त्यसकारण योजना बनाई व्यवसाय संचालन गरे अवस्य पनि सफल्ता हात पार्न सकिन्छ ।
त्यसैगरी २८ हजारबाट संचालन गरेको बाख्रा पालन व्यवसायले अहिलेको सामुदायिक संस्थालाई नै उच्च विन्दुमा पु¥याउनु पनि चानचुने कुरा होइन । सामुदायिक संस्थाबाट ऋण सहयोग पाई मेहनतका साथ व्यवसाय संचालन गरेपछि सफल्ता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण पनि छ । भने अर्काे तर्फ व्यवसाय संचालन गर्दा योजना बनाई संचालन गर्नाले अवस्य पनि सफलता हात पार्न सकिने रहेछ भन्ने सिकाई रह्यो ।
यस्तै सवालमा यसै गाविसमा जन्मेका भावाङ ५, गावलधारा बस्तीका पहलबहादुर वली पनि जसो तसो कृषि पेशालाई नै अगाडि बढाई राखेको अवस्थामा सामान्य खान लाउने बाहेक अरु कुनै माध्यम थिएन । उनको परिवारमा आफू श्रीमती, १ छोरा २ छोरी र आमा अनि बुवा गरी ७ जनाको परिवार रहेको छ । एउटा हिसावमा अलि ठूलो परिवारको नै मानिन्छ । त्यस कारण पनि झन गरीवीको रेखाले उनलाई माथि उठ्न नदिएको अवस्था पनि हो । उहाँ फुर्सदको समयमा कहिले तल कहिले माथि गरेपनि उनको जीवन भने ज्यँुका त्यूँ नै रहेको थियो । यस भन्दा पूर्व । gअहिले ः जब २०६९÷०७० सालमा उनको बस्तीमा कार्यक्रम लागु भयो । सुन्दर सामुदायिक संस्थाको नामले सामुदायिक संस्था पनि गठन भयो । नभन्दै उक्त समुहमा उनीपनि सदस्य भएर कामगर्न लागे । कार्यक्रमको नियमानुसार विभिन्न गतिविधी गर्दै जादा उनको समूहबाट उनले शुरुमा ३० हजार रुपैया उक्त कार्यक्रमबाट ऋण स्वरुप पूख्र्यौली व्यवसायलाई परिर्वतन गरेर खुद्रा व्यापारमा लागे पहिलेको परिवारको त्यो अवस्था पछिल्लो दिनमा मासिक १०÷१५ हजार सावा बचाएर आम्दानीमा गर्न भ्याए । नभन्दै पुन ५० हजार ऋण थप गरेर पसललाई झण ठूलो आकार बढाए हाल आएर गाउँघरमै सबैलाई उपभोग्य सामान पु¥याएर उनी आम्दानी तथा सरसम्मान पाइराखेको अवस्था छ । उनले भन्ने गर्दछन् “पैसा विना यो दुनियामा बस्न गा¥यो छ । पैसा भयो भने मात्र सबैले पट्याउने गर्दछन् नत्र भने बस्न कठिन छ ।” अवका दिनमा उनबाट सबैले पाठ सिक्दै गरेको पनि उनको भनाई रहेको छ । परिवारको जीवन शैली पनि फरक हुने गरेरको र गरे नहुने भन्ने के नै रहेछ र ? सर्वप्रथम आफ्नो इमान्दारीता र लगनशिलतालाई पनि सदा सर्वमान्य थान्नुपर्नेमा उनको विचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण