गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारशक्तिशाली भुकम्पपछि पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग

शक्तिशाली भुकम्पपछि पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग

October 28, 2015१२० पटक

इस्लामाबाद, कात्तिक १० । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा सोमबार गएको ७.५ रिक्टर स्केलको भूकम्पमा परी ठूलो जनधनको क्षति भएपछि विश्व समुदायले पाकिस्तानका लागि सहयोगको प्रस्ताव गरेका छन् । सो भूकम्पमा परी दुवै देशका गरी करिब ३०० जनाको ज्यान गइसकेको छ । यसबाट पाकिस्तानमा मात्र २२८ नागरिकले ज्यान गुमाएका छन् । यस क्षतिपछि अन्तर्राष्ट्रिय समूदायले सहयोगका लागि प्रस्ताव गरेको समाचारमा जनाइएको छ । अफगानिस्तानको हिन्दकुस पर्वत इलाकामा केन्द्रविन्दु भई सोमबार अपराह्नमा सो भूकम्पगएको थियो । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र भारतले पाकिस्तानलाई सहयोगको प्रस्ताव गरेका राजधानी इस्लामावादबाट प्राप्त समाचारमा जनाइएको छ । यस भूकम्पमा परी पाकिस्तानमा हालसम्म २२८ व्यक्तिको मृत्यु हुनुको साथै एक हजार ६२० व्यक्ति घाइते भएका छन् । उक्त भूकम्पको कारण दुई हजार ५२० भवन क्षतिग्रस्त भएका बताइएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन अधिकारीहरुले पूर्ण विवरण आइनसकेको भन्दै उद्वारको कार्य जारी रहेको पनि जानकारी दिएका छन् । यस प्रकोपमा परी मृत्यु भएका व्यक्तिको सङ्ख्याका साथै क्षतिको विस्तृत विवरणका लागि उद्वारकर्मीहरु निकै ठूलो सङ्ख्यामा खटिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण