गृहपृष्ठ » समाचारहरुमंगल ग्रहमा भेटियो बुद्धको मूर्ति

मंगल ग्रहमा भेटियो बुद्धको मूर्ति

October 28, 2015१६९ पटक

मंगल ग्रह वैज्ञानिकहरुको आकर्षणको विषय बनेको छ ।

buddha

पृथ्वीको जस्तै वातावरण भएको र त्यहाँ मानिसहरु बसोबास पनि गर्न मिल्ने भनी वैज्ञानिकहरुले मंगल ग्रहको बारेमा धेरै नै चासो देखाएका हुन् । अनुशन्धानकै क्रममा मंगल ग्रहको तस्बिर खिच्ने क्रममा एउटा तस्बिरमा ुबुद्धुको जस्तै स्वरुप भएको तस्बिर फेला परेको बेलायती अखबार मिररले जनाएको छ। पत्रिकाले यसबाट त्यहाँ बुद्धिमानी प्राणीको बसोबास हुनेसमेत सम्भावना रहेको दाबी गरेको छ। तस्बिरमा देखिने केही प्राचीनजस्ता देखिने मूर्तिहरुका कारण मंगल ग्रहमा बुद्धिमान प्राणीहरु बस्न सक्ने सम्भावना रहेको स्कट सी वारिङले जनाएका छन् । वारिङले आफूलाई लामो समयदेखि युएफओविज्ञका रुपमा दाबी गर्दै आएका छन्। वारिङका अनुसार मंगल ग्रहमा यस्ता तस्बिर अनेकन छन् तर यति प्रष्ट त पहिलो पटक नै देखिएको हो । यो तस्बिरमा अनुहार, टाउको घुमाएको, छाति र पेट तथा काँध स्पष्ट रुपमा देखिएको छ । एकताका मंगल ग्रहमा बुद्धिमान प्राणीहरु रहेको तर नासाले यो कुराको जानकारी र सत्य बताउन नचाहेको प्रष्ट भएको उनको दाबी छ। एक वर्षअघि नासाले पठाएको क्युरिओसिटी नामक विमानले मंगल ग्रहको तस्बिर पठाएको थियो । उसले तस्बिरहरुको विश्लेषणपछि त्यो मूर्ति नभई ढुंगाहरुको समूहले बनेको आकृति र त्यसले मूर्तिजस्तो देखिएको २०१४ मा नै प्रष्ट पारेको थियो । हालै युट्युबमा नासाले जारी गरेको तस्बिरहरुलाई भिडियो बनाई पोस्ट गरिएको थियो र त्यहाँ उक्त भिडियोमा कुनै मूर्तिजस्तो चिज फेला परेको हल्ला गरिएपछि यो भिडियो सर्वत्र भाइरल बनेको थियो । नासाले जारी गरेको तस्बिरलाई युएफओविज्ञहरुले सफाइ गरेपछि यस्तो तस्बिर बनेको र त्यसमा उनीहरुले दाबी गरेजस्तो मूर्ति वा अरु नै केही नभएको विज्ञहरुको दाबी छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण