गृहपृष्ठ » मुख्य समाचार, समचारपेट्रोलको तस्करीमा प्रहरी भ्यानको प्रयोग !

पेट्रोलको तस्करीमा प्रहरी भ्यानको प्रयोग !

October 28, 2015१५७ पटक

Taskari1

११ कात्तिक, काठमाडौं । दसैंको चहल(पहल सकिएकै थिएन । सोमबार मध्यान्ह १२ बजे गोंगबुबाट रानीबारीतिर जाने चोकस्थित मःम पसल अगाडि प्रहरीको बा २ झ १९४ नम्बरको नीलो भ्यान रोकियो । कालो चश्मा लगाएका युवाहरुले पेट्रोल भरिएका पहेंला जर्किन गाडीबाट निकालेर हतार(हतार पसलमा लुकाउन थाले ।
तेलको अभावले राम्ररी दसैं मनाउन नपाएका स्थानीयबासीले तेल लुकाएको पत्तो पाइहाले । प्रहरीको रातो बत्तीवाला भ्यान प्रयोग गरेर पेट्रोलको तस्करी भइरहेको देखेपछि तत्कालै स्थानीयवासी भेला भए । कसैले प्रहरीलाई यो के गरेको भन्दै प्रश्न गर्न थाले त कसैले तस्वीर खिच्न थाले ।
यसरी प्रहरीले नै पेट्रोल तस्करी गर्न पाइन्छ रु स्थानीय युवाले यस्तो प्रश्न गर्दा सिभिलमा खटिएका प्रहरीले तस्वीर खिच्नेलाई किन फोटो खिचेको भन्दै हप्काए ।
घटनाका प्रत्यक्षदर्शीका अनुसार उक्त तेलका जर्किनहरु सोही चोकमा बसोबास गर्ने एक व्यक्तिको घरमा पुर्‍याएर प्रहरी भ्यान हतार(हतार भागेको थियो ।
हाकिमको घरमा तेलका जर्किन ओसार्न खटाइएका प्रहरी जवानले भने हाकिम सापको गाडीका लागि तेल ल्याएको बताएका थिए । तर, स्थानीयले प्रहरीका हाकिमको गाडीमा तेल हाल्न त्यसरी चोरले जसरी लुकाएर कारोवार गर्न जरुरी नरहेको र पेट्रोल पम्पबाटै तेल हाल्न सकिने बताउँदै पेट्रोल तस्करीमा प्रहरीको संलग्नता प्रमाणित भएको बताए पनि प्रहरीहरु भ्यानमा चढेर भागेका थिए ।
स्थानीयवासीका अनुसार प्रहरीको भ्यानमा त्यसरी ओसारिएको पेट्रोल उक्त घरबाट महंगो दाममा बिक्री गर्ने गरिएको छ । प्रहरीको भ्यानमा तेल ल्याउने र उक्त तेल किन्न सर्वसाधारणहरु सो घरमा जाने गरेको गोंगबु निवासी एक व्यक्तिले बताए ।

तेलको तस्करी बढ्यो, गृहमन्त्रालय निरीह

पछिल्लो समयमा पेट्रोलको अभाव भइरहँदा तस्करी र कालोबजारी बढेको छ । तस्करी र कालोबजारी रोक्नुपर्ने प्रहरीका हाकिमहरु नै पैसा कमाउने अभियानमा लागेका कारण तस्करी नियन्त्रणमा गृह प्रशासन लाचार देखिएको छ ।
काठमाडौंको चाबहिल चोकमा भेटिएका एक ट्याक्सी चालकले अनलाइनखबरसँग भने( ‘मैले दुईसय रुपैयाँ तिरेर ब्ल्याकमा पेट्रोल किनेको हुँ, त्यसैले ट्याक्सी भाडासमेत बढाउन बाध्य भएको छु ।’

मधेसमा तेलको अभाव छैन

काठमाडौं उपत्यकामा तेलको हाहाकार भए पनि तराई मधेसमा भने तेल पाइने गरेको छ । दिनभरि आन्दोलनमा लाग्नेहरुले समेत राति राति सीमा पारि गएर तेल ल्याई महंगोमा बेचेर पैसा कमाउने क्रम बढेको छ ।
मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण सर्वसाधारण मर्कामा परे पनि तेलका तस्करहरु रातारात धनी बनिरहेका छन् ।
यसैवीच पर्साको जगरनाथपुर नहरचोकमा तेल व्यापारमा लागेको आरोपमा २० वर्षीय रामविनेश कुशवाहालाई आन्दोलनकारीले मंगलबार बिहान कुटपिट गरी हत्या गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण