गृहपृष्ठ » मुख्य समाचार, समचारमुसीकोटका एक आगलागी पिडीतलाई रेडक्रस वामीद्धारा सहयोग हस्तान्तरण ।।

मुसीकोटका एक आगलागी पिडीतलाई रेडक्रस वामीद्धारा सहयोग हस्तान्तरण ।।

October 28, 2015१२२ पटक

अनिश गैरे/उज्यालो लाल्टीन/ वामी गुल्मी
केही दिन अगाडी घरमा आगलागी पिडीत बनेका गुल्मी मुसीकोटका एक ब्यक्तिको लागी नेपाल रेडक्रस उपशाखा वामीले सहयोग प्रदान गरेको छ ।
 मुसीकेट ८ लठिखन्ने निवासी मनकला खत्रीको लागी रेडक्रस वामी उपशाखाले एक सेट भाडाकुँडा, एक थान कम्बल, एक् थान त्रिपाल तथा एक बोरा चिउरा सहयोग गरेको हो । सहयोग हस्तान्तरण कर्याक्रममा उपशाखा वामीका उपाध्यक्ष भुवन केसी, सचिब तेजेन्द्र जिसी, सदस्य चुरामणी सापकोटा लगायतको उपस्थिती रहेको थियो । सहयोग सामग्री पाएपछि पिडीत परिवारले राहातको महसुस गरेका छन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण