गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथ आज ।।

नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथ आज ।।

October 29, 2015१२४ पटक

काठमाण्डौ,१२ कार्तिक ।

विद्यादेवी भण्डारी राष्ट्रपति
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्नो पद तथा गोपनियताको शपथ लिनु हुने भएको छ । दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट राष्ट्रपति भण्डारीले शपथ लिनुहुनेछ । राष्ट्रपति कार्यालयले आफ्नै भवन परिसरमा आयोजना गर्ने समारोहमा शपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । हिजो व्यवस्थापिका संसदबाट राष्ट्रपतिमा निर्वाचित भण्डारी मुलुकको दोस्रो तथा पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ ।
सपथपछि राष्ट्रपति डा रामवरण यादवले राष्ट्रपतिको कुर्सी नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेपछि राष्ट्रपति डा यादवलेशीतल निवासबाट बाहिरिनु हुने भएको छ

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण