गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, विशेष, समचारएक लाख सिलिन्डर ग्यास तराईमै अलपत्र

एक लाख सिलिन्डर ग्यास तराईमै अलपत्र

October 29, 2015२८१ पटक

१२ कात्तिक, काठमाडौं । नेपाल आयल निगम, ग्यास उद्योगी र ढुवानी व्यवसायीको अनाहकको किचलोका कारण नेपाल छिरिसकेको करिब एक लाख सिलिन्डर ग्यास तराई मै अलपत्र छ ।

निगम, ग्यास उद्योगी र ढुवानी व्यवसायीबीच कुरा नमिल्दा पछिल्लो २० दिनदेखि ७० बुलेट ग्यास करिब (८८ हजार ९ सय सिलिन्डर) तराईका विभिन्न जिल्लामा थन्किएको नागरिक दैनिकमा खबर छ ।

तराईमा अलपत्र ग्यास पहाडी सडकमा आउन नसक्ने ठूला गाडीमा भरिएका बुलेटमा छन् । ती सबै भारतीय गाडी हुन् । त्यस्ता गाडी घुम्ती नभएका तराईका समथर सडकसम्म मात्र आउन सक्छन् । निगमले जबर्जस्ती यस्ता बुलेट काठमाडौं ल्याउन खोजेपछि ढुवानी व्यवासयीसँग विवाद उत्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण