गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारमेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरको खोजी सुरु

मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरको खोजी सुरु

October 29, 2015१९३ पटक

Nepal-Medical-Council
१२ कात्तिक, काठमाडौं ।नेपाल मेडिकल काउन्सिलले आफूकहाँ दर्ता भएका डाक्टरको खोजी गर्ने भएको छ । देशमा करिब १४ हजार डाक्टर भएको भनिँदै आए पनि कहाँ कति कार्यरत रहेको भन्ने यकिन विवरण नभएकाले खोजी गर्न लागेको काउन्सिलले जनाएको छ ।

काउन्सिलले दर्तावाल चिकित्सकलाई इमेलमार्फत कुन ठाउँ र कुन संस्थामा कार्यरत रहेको भन्ने विवरण पठाउन आग्रह गर्नेछ ।

कार्यरत चिकित्सकले स्वदेश वा विदेश, स्वदेश भए निजी वा सार्वजनिक संस्था केमा कार्यरत भन्ने विस्तृत जानकारी लिने बताएको छ ।

प्रवक्ता डा. कृष्ण अधिकारीले विवरण नपठाउने र सम्पर्कमा नआउने चिकित्सक काउन्सिलको लिष्टबाट समेत हट्ने बताए । ‘यसले देशमा कति र विदेशमा कति डाक्टर छन् ? ती कहाँकहाँ छन् ? भन्नेबारे यकिन विवरण दिलाउँछ,’ अधिकारीले भने, ‘यो विवरण आएपछि सबै डाक्टरले एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुँदा पनि काउन्सिललाई अनलाइनबाट जानकारी गराउनुपर्नेछ ।’

यी कुरा कार्यान्वयनमा आए देशमा रहेका डाक्टरको यकिन विवरण आउने नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण