गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारओखलढुंगामा जंक फुडले बालबालिकामा कुपोषण ।।

ओखलढुंगामा जंक फुडले बालबालिकामा कुपोषण ।।

October 29, 2015२०६ पटक

ओखलढुंगाको भूकम्प प्रभावित क्षेत्रमा जंक फुडले बालबालिकामा कुपोषण भएको पाइएको छ । बालबालिकालाई पोषिलो खानेकुराको साटो जंक फुड दिँदा मोटोपना बढ्ने र कतिपयलाई कुपोषण भएको पाइएको स्वास्थ्य संस्थाहरुले जनाएका छन् । भूकम्पपछि सरकारी तथा र गैरसरकारी संस्थाहरुले राहत स्वरुप जंक फुड (तयारी सुक्खा खाना) वितरण गरेकाले त्यसैको प्रयोग बढेपछि बालबालिका कुपोषणको दर बढेको भूकम्पपछि पोषणका क्षेत्रमा कार्यरत संस्था ग्लोवल हेल्थ एलायन्स नेपालका जिल्ला संयोजक उमेश चन्द्र घिमिरेले बताउनुभयो । भूकम्प अतिप्रभावित क्षेत्रका बालबालिकामा कुपोषण देखिनुको एउटा कारण जंक फूड भएपनि त्यसको असरबारे कुनै आधिकारीक तथ्याङ्क नरहेको घिमिरेले बताउनुभयो । बालरोग विशेषज्ञहरुका अनुसार जंक फुडका कारण बालबालिकालाई रक्तअल्पता, मोटोपन हुने तथा बालबालिकाको मानसिक र शारिरीक विकासमा समेत असर पर्छ । भूकम्प प्रभावित क्षेत्रमा जंक फुड बाँड्नु र त्यहाँका बासिन्दालाई घरको खाना खुवाउनु पर्छ भन्ने सन्देश नदिंदा पनि स्वास्थ्य समस्या कम हुन नसकेको हो । बजारमा पाइने प्याकेटका खानेकुरा भन्दा पोषण भएका भटमास, रोटी, दालभात, गेडागुडि लगाएतका खाद्यपदार्थ सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुने जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण