गृहपृष्ठ » मुख्य समाचार, समचारपशुमा कृत्रिम गर्भाधान सेवाले कृषक आकर्षित ।।

पशुमा कृत्रिम गर्भाधान सेवाले कृषक आकर्षित ।।

October 29, 2015१४५ पटक

पाल्पामा गाईभैसीमा कृत्रिम गर्भाधान गराउने कृषकको संख्या बढ्दो छ । जिल्लाका १६ स्थानबाट दिइएको सेवाबाट गाई र भैसीमा कृत्रिम गर्भाधान गर्ने कृषकको संख्या बढेको जिल्ला पशु सेवा कार्यालय पाल्पाले जनाएको छ । जिल्लामा वि सं २०४२÷०४३ सालबाट पशुमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । पछिल्लो केही वर्ष यता पशुमा कृत्रिम गर्भाधान गर्ने क्रम बढेको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा उत्तम आचार्यले बताउनुभयो । कृत्रिम गर्भाधान गराइएका गाईभैसीको दुधको उत्पादन पनि बढ्ने कार्यालयको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण