गृहपृष्ठ » मुख्य समाचार, समचारपुर्वी नाका काकड्भिट्टा नाका हुदै इन्धन भित्रिए पनि इन्धनको संटक हुदै ।।

पुर्वी नाका काकड्भिट्टा नाका हुदै इन्धन भित्रिए पनि इन्धनको संटक हुदै ।।

October 29, 2015१९६ पटक

झापासहित मेची अञ्चलमै पेट्रोलियम पदार्र्थको चरम अभाव भइरहेको बेला गृहको निर्देशन भन्दै नेपाल आयल निगम चारआली शाखाले पुर्वी नाका काकडभिट्टा नाकाबाट आएको पेट्रोलियम पदार्थ काठमांडौ पठाउन थालेको छ । हिजो मात्र १२ टयांङ्कर डिजेल र ५ टयांङ्कर पेट्रोल गरि १७ टयांङ्कर इन्धन भित्रिएको छ । पुर्वी नाका काकड्भिट्टा नाकाबाट इन्धन भित्रिएपनि गृह मन्त्रालयको निर्णय अनुसार उपलब्ध रहेको पेट्रोलियम पदार्थमा २५ प्रतिशत मात्र मेची अञ्चलमा प्रयोग गर्ने र बाकी ७५ प्रतिशत काठमांडौ पठाउनुपर्ने भएकाले झापा सहित मेची अञ्चलमा तेलको संकट देखिने भएको छ । थारै मात्रामा इन्धन भित्रिएका बेला त्यस्को पनि ७५ प्रतिशत काठमांडौ पठाइने हुँदा अब झापासहित मेची अञ्चलमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ । गृह मन्त्रालयले हिजो पत्राचार गरि यस्तो आदेश दिएको मेची पेट्रोलियम डिलर्स एसोसियसनका वरिष्ठ उपाध्यक्ष नविन कोइरालाले जानकारी दिनुभयो । मङ्गलबार आएको १५ टयांङ्कर इन्धन पनि २५ प्रतिशत मात्र मेची अञ्चलमा प्रयोग गर्न पाउने भएकाले हिजो वितरण नभएको पनि उहाँले बताउनुभएको छ । ७५ प्रतिशत इन्धन काठमांडौ पठाउनको लागी विराटनगरमा पठाएको छ । झापामा रहने २५ प्रतिशत इन्धन आज विहान ११ बजे छलफल गरेर बाँडिने भएको छ । तर हिजो पठाएका टयांङ्कर खाली नगरिदिएका कारण आज सिलगडी डिपोले दिने इन्धन पदार्थ ल्याउन नसकिने भएको पनि कोईरालाले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण