गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारमलेसिया बाट पीडित नेपाली युवा को अनुरोध, आफ्नै देशमा भोकै बसौ तर बिदेश नआऔ ।।

मलेसिया बाट पीडित नेपाली युवा को अनुरोध, आफ्नै देशमा भोकै बसौ तर बिदेश नआऔ ।।

October 29, 2015३९० पटक

सुसान आचार्य मलेसिया कार्तिक १२
मेरो नाम बिनोद बिसि हो घर सुर्खेत जिल्ला लाटिलोइली गा बि स मा पर्छ म मलेसिया मा बेल्मेटर कम्पनी मा काम गर्न भनिआयको हो तर बिचैमा एजेन्ट बाट बेचिय पछी बिगत दुई बर्ष देखि mवअ कम्पनी पेनाङ मा बाध्य्तमक रूपमा काम गर्दै आयको छु ।

12182214_543111929186199_50650143_n

सबै भन्दा पहिलो कुरा त मलेसिया मा म एउटा पीडित नेपाली श्रमिक हो म मलेसिया आएको एक बर्ष मा मेरो हात काटियो र अहिले मेरो दाइने हात ले कुनै पनि काम गर्न मिल्दैन ।जब कि मेरो हात को कुनै आउला ले काम गर्दैन र अहिले काम गर्न नसक्ने हुदा पनि कम्पनी मा बाध्य भएर काम गरिएको छु ।काम कै सिलसिलामा कम्पनी मा मेरो हाट काटिय पश्चात् पनि मैले नत कुनै राम्रो उपचार नै पाएको छु न त कानुन ले तोकेको बिमा नै हात काटिएको आठ महिना भयो अझै सम्म पनि ठिक भएको छैन । घरमा जाउ कसरी जानु हात काटिएको छ । परिवार लाई मेरो अबस्था सहैय हुदैन मेरो यो हालत हेर्न सक्नु हुदैन नत मैले नेपाल गएर कुनै काम नै गर्न सक्छु अब मेरो त जिन्दगी नै बर्बाद भयो ।खै कसरी सुनाउ म मेरा यी वेदना हरु घरमा दैनिकि चलाउन समेत धौ धौ भयर एउटा जीवन को सुन्दर मार्ग बनाउने लछ्य लियर नर्किय भुमी मलेसिया छिरेको म केहि महिना नै बित्न नपाइदा सजायका ती सुन्दर सपनाका महल सङै आफ्नो शरीर को अङ्ग नै गुमाय मैले ।
सुरुमा बिदेशीने हजारौं साथीहरू को भिडमा भौतारिदै रोजगार को खोजीमा आयको म आफुले भनेको र सम्झौता गरिएको कम्पनी नहुदा बाट नै ठगिएको थिए आफैमा बेचियको थिय तर तेस पछी पनि भर्सक गुजारा चल्लौदै आयको थिए अब ता जिबन धान्न नै मुस्किल पारिदियो मलाई यो मलेसिया को श्रम बजार ले ।बिदेश आउन त सायद कसैलाई पनि रहर हुने थियन होला ।सबैलाई आफ्नो आफन्त कै माझमा रमाउदै बस्ने रहर भै नै हाल्त्यो तर के भनौ म नेपाल मा देखियको राजनीतिक अस्थिरता अनि चरम भ्रष्टाचार को फन्दामा हामी जस्ता युवाहरु पिल्छिए पछी वैदेशिक रोजगारी को बाटो बाहेक अरु सबै विकल्प बन्द हुदा रहेछन ।रोजगारी कै लागि आयका हजारौं नेपाली कोही म जस्तै अपाङ्ग बनी सके त कोहि बाकसमा नेपाल पुगिसके तैपनि कहिलै खुलेन सरकार को आखा अनि कहिलै बोलेन सम्बन्धित निकाय ।
हुनत नेपाली भनाइ छ सबैले परेपछि चेतछन हो सच्चै अब सबैले चेत्ने बेला आयको छ अब ।यो मेरो मात्र घटना हैन यहाँ कयौ यस्ता घटना छन जस्लाइ सायद कमैले नियाल्ने गर्लान ।
तेसैले अब युवा पुस्ता तपाईं हामी सबैले गम्भीर भयर सोच्ने बेला आयको छ बाउ आय बिदेश आय छोरा पनि तर अब नाति आउनु नपरोस् ।वैदेशिक रोजगारी लाई पुर्खौली पेशा नबनाउ अब हामी ।
अन्तमा स्मेरो जिन्दगीमा आयको एउटा ठुलो आधिबाट सबैलाई सजक गराउन म एउटा सन्देश दिदैछु ।

मेरो जिन्दगी बिग्रिए पनि अनि मैले दुख कस्ट भोग्नु परे पनि नेपाल मा भएका नेपाली युवा साथीहरू लाई भन चाहान्छु बिदेश भनेको जस्तो सजिलो छैन।नत बिदेश मा पैसा फल्ने बोट नै कतै भेटिन्छ यहाँ त केबल वेदना पिडा दुख्ख अनि कस्ट र अपमान को भणडार सजाइयको छ ।बरु नेपाल मै केहि गरौ अर्का को देश मा बाह्र घन्टा काम गर्नु त्यति सजिलो छैन ।न त खान को नै समय छ नत सुरक्षा नै हुन्छ नत भनेको जस्तो काम पाइन्छ नत पैसा नै हुन्छ ।
तर एउटा कुरा भने देखिन्छ यहाँ त्यो हो हाम्रो पसिना हो पक्कै पनि बिदेश का गल्ली गल्लि अनि चोक चोक मा नेपाली युवा युवती हरुका पसिना सजाइयको भने हामीले अबस्य देख्न सकिन्छ ।
बिदेश मा म जस्ता धेरै नेपाली छन जो पीडित छन अनि जिन्दगी बिग्रिएको हुदा पनि काम गर्न बाध्य छन परिवार को लागि अनि तिनै गन्ने मान्ने हरुका सामु झुकेर लियको ऋण तिर्न को लागि काम गर्न नसक्ने हुदा पनि काम गर्न बाधे छन नेपाली हजारौं युवा युवति हरु ।तर अझै पनि हामी यसैगरी सधै बिदेशी को औधोगिक तानाशाही प्रवृत्ति अनि चरम अपनाम सहेर बस्ने हो भने हामी जस्ता कयौं युवा पुस्ता हरु खाडिमै अस्ताउने निश्चित छ ।
तेसैले सरकार ले पनि एक चोटि कर्मठ र देश का सम्बाहक युवा पिढी हरुको बारेमा केहि पहल लिन सकोस । आखै अगाडि झल्झल्ती देखियका यावत समस्या हरुको हल नगरी आफ्नो देश का युवा हरुलाइ बेच्न हौसियको सरकार को नितिमा परिबर्तन आओस् अनि युवा भबिस्य सुदृढीकरण गर्न मा केहि योजना कार्यनयन होस ।ताकी आफ्नो परिवार को गुजारा चलाउन कै लागि कोहि कसैले पनि बिदेश मा आफ्नो प्राण दिन नपरोस ।
अन्तमा स्तमाम नेपाली दिदिबहिनी दाजुभाइ हरु प्रति देखियको वैदेशिक रोजगारिको मह अनि उत्सुकता लाई केहि हद सम्म रोक्न सक्ने मनसाय लियर मैले आफुले पायको भोगेको अनि देखेको पिडा मार्फत सार्बजनिक गरेको छु यस्लाइ सबैले मनन गर्नु हुनेछ र आगामी दिनमा बिदेशीन लागेका ती अबोध पाइला हरु सोच्न बाध्य हुनेछन भन्ने आसा लियको छु ।

नरकिय भुमी मलेसिया बाट
बिनोद बि सि
एक पीडित श्रमिक

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण