गृहपृष्ठ » मुख्य समाचार, राजनीतियसरी हुँदैछ राष्ट्रपतिको पद हस्तान्तरण

यसरी हुँदैछ राष्ट्रपतिको पद हस्तान्तरण

October 29, 2015१४७ पटक

Rambaran-Yadav-and-Bidhya-Bhandari

१२ कात्तिक, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले बिहीबार दिउँसो तीन बजे शपथग्रहण गर्ने कार्यक्रम छ ।
शपथग्रहण समारोह शीतल निवास अगाडिको प्रांगणमा हुनेछ ।

शपथग्रहण समारोहमा पहिला नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी पुग्नेछिन् । त्यसलगत्तै निवर्तमान राष्ट्रपति रामवरण यादव आउनेछन् ।

यादवको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पन गर्नेछन् । त्यसपछि शपथ ग्रहण सुरु हुनेछ । भण्डारीले प्रधानन्यायाधीश कल्याण श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिनेछन् ।

शपथ ग्रहणपछि नेपाली सेनाले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई सम्मान गारथ अर्पण गर्नेछ । लगतै यादवले भण्डारीलाई राष्ट्रपतिको कुर्सी हस्तान्तरण गर्नेछन् ।

भण्डारीले निवर्तमान राष्ट्रपति यादवलाई उठेर विदाई गर्नेछिन् । विदाइपछि भण्डारीलाई शुभकामना र बधाइ दिने कार्यक्रम सुरु हुनेछ ।

त्यसको केही समयपछि शीलत निवासकै दक्षिणतर्फको बगैंचामा सरकारले पहिलो राष्ट्रपति यादवको बिदाइमा आयोजना गरेको कार्यक्रममा यादव सहभागी हुनेछन् । त्यहाँ उनले सम्बोधन गर्नेछन् ।

सम्बोधनपछि यादवलाई लैजचौर रिसल्लामा लगिनेछ । त्यहाँबाट भने यादव गाडीमा चढेर भीभीआईपी सुरक्षासहित बागडोल नयाँ निवासतर्फ जानेछन् ।

यादवका लागि बागडोलमा सरकारले लनै सुविधासम्पन्न घर व्यवस्था गरेको छ ।

नव निर्वाचित राष्ट्रपति भण्डारी भने केही दिनको तयारीपछि मात्रै शीतल निवास जाने उनी निकट स्रोतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण