गृहपृष्ठ » मुख्य समाचार, समचारवीरगञ्जमा नवनिर्वाचित राष्ट्रपति भण्डारीको पुत्ला जल्यो

वीरगञ्जमा नवनिर्वाचित राष्ट्रपति भण्डारीको पुत्ला जल्यो

October 29, 2015१२१ पटक

Bidhya-Bhandari-putla

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा सपथ लिइरहेका बेला वीरगञ्जमा आन्दोलनकारीले पुत्ला जलाएका छन् ।

बिहीबार आन्दोलनरत दलका युवा नेता तथा कार्यकर्ताहरुले वीरगञ्जकै घण्टाघर चोकमा भेला भएका राष्ट्रपति भण्डारीको पुत्ला जलाएर दहन गरेका हुन् ।

पुत्ला दहनका क्रममा आन्दोलनकारी युवाहरुले राष्ट्रपति भण्डारीको विरोधमा चर्को नाराबाजी पनि गरेका थिए । भण्डारी मधेस विरोधी भएकाले पुत्ला दहन गरिएको ओम प्रकाश सर्राफले बताए ।

नवनिर्वाचित राष्ट्रपतिको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । पुत्ला दहनपछि आयोजित कोणसभालार्इ युवा नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण