गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारबोको हरामको अपहरणमा परेका ३ सय ३० भन्दा धेरै मानिसको उद्धार

बोको हरामको अपहरणमा परेका ३ सय ३० भन्दा धेरै मानिसको उद्धार

October 29, 2015१५१ पटक

१२ कार्तिक, काठमाण्डौ ।।

नाइजेरियाका सुरक्षफौजले बोको हरामको अपहरणमा परेका ३ सय ३० भन्दा धेरै मानिसको उद्धार गरेका छन् । बोकोहरामको पकड रहेको नाइजेरियाको उत्तरी क्षेत्रमा जंगलबाट उनिहरुको उद्धार गरिएको समाचार एजेन्सी एफपीले जनाएको छ । उद्धार गरिएकामा १ सय ९२ बालबालिका तथा १ सय ३८ जना महिला रहेको समाचारमा जनाइएको छ । अपहरण मुक्त गरिएकामा गत वर्ष बोको हरामको अपहरणमा परी अहिले सम्म अज्ञात रहेका २ सय जना छात्राहरु रहे नरहेको बारेमा स्पष्ट पारिएको छैन् ।
अपहरीत बालबालिका र महिलाको उद्धार गर्ने क्रममा विद्रोही र सुरक्षा फौजबीच भएको दोहोरो भिडन्तमा ३० जना विद्रोही मारिएको अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो समय छ वर्ष यता जारी बोकोहराम विरुद्धको कारवाही सफल भएको नाइजेरियाको सेनाले दावी गरेको छ । पश्चिमी शिक्षाको विरोधमा छुट्टै इस्लामिक राज्यको माग गर्दै नाइजेरियामा बोकोहराम विद्रोही संगठनले आतंकवादी गतिविधि गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण