गृहपृष्ठ » अन्तर्राष्ट्रियविद्रोहीका कमाण्डर मारिए।

विद्रोहीका कमाण्डर मारिए।

October 29, 2015८८ पटक

१२ कार्तिक, काठमाण्डौ ।।
सुरक्षाकर्मीसँगको भिडन्तमा भारत प्रशासित जम्मु–कश्मिरमा लस्कर ए तैयबाका शीर्ष कमाण्डर अबु कासिमको मृत्यु भएको छ ।
जम्मु–कश्मिरको कुलगाम जिल्लामा भएको दुई पक्षिय मुठभेड लस्कर ए तैयबाका कामाण्डर मारिएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अबु कासिमकै निदेर्शनमा गत अगष्टमा भारतको उधमपुरमा सुरक्षाबलसँग भिडन्त भएको आरोप छ ।
श्रीनगरबाट ४० किलोमिटर टाढा कुलगाम जिल्लाको खाँडीपुराको जंगलमा लुकेको अवस्थामा सुरक्षाकर्मीले उनिहरुमाथि आक्रमण गरेको थियो ।
लस्कर ए तोएबाका मास्टर माइन्ड मानिएका अबु कासिमको मृत्युले लश्कर ए तैयबालाई ठूलो धक्का लागेको छ ।
उनको नाममा जम्मु–कश्मिर सरकारले १० लाख अमेरिकी डलरको इनाम घोषणा गरेको थियो । ३५ वर्षिय कासिम पाकिस्तानी नागरिक हुन्

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण